Article detail

स्की सङ्घमा श्रेष्ठकै निरन्तरता, पदाधिकारी सर्वसम्मत चयन

स्की सङ्घमा श्रेष्ठकै निरन्तरता, पदाधिकारी सर्वसम्मत चयन

काठमाडौं । नेपाल स्की सङ्घको अध्यक्षमा फेरि जीवनराम श्रेष्ठ चयन भएका छन् । सङ्घको आइतबार भएको पाँचौं साधारण सभाले जीवनरामको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका जीवनराम यसअघि पनि सङ्घको अध्यक्ष थिए । साधारण सभाले कार्यसमितिका सबै पदाधिकारी सर्वसम्मत चयन गरेको छ । सङ्घको उपाध्यक्षमा राजाबाबु श्रेष्ठ, शम्भु लामा, माधव अर्याल र रमा भट्टराई चयन भएका छन् ।

यस्तै महासविच विजय श्रेष्ठ, सचिवमा वसन्त कार्की र शान्तामाया परियार कोषाध्यक्षमा जितेन्द्र श्रेष्ठ चयन भएका छन् । सदस्यहरूमा अर्जुन महर्जन, कृपा श्रेष्ठ, लामाकाजी शेर्पा, रुक्मती जागरी, नाम्ग्या ग्याल्जेन वाङ्दी गुरुङ, टासी ग्याल्जेन शेर्पा, वीरबहादुर रावल भोटे, ज्ञानेन्द्रकुमार श्रेष्ठ, फुन्जो लामा र भाईकृष्ण वलामी छन् ।

साधारण सभाको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए ।

 

थप समाचार :

दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले बङ्गलादेशलाई हरायो

डेभिड बेकह्यामको क्लब मियामीमा अनुबन्धित भए मेस्सी

एनआरएस स्पोर्टस फाउन्डेसनद्धारा धावकहरुका लागि प्रशिक्षण सन्चालन

राष्ट्रिय टोलीका कप्तान हरिहजुर थापा बर्खास्त

मेजर लिग क्रिकेट : सिएटल ओर्कासले आरोन फिन्चको सान फ्रान्सिस्को युनिकोर्नलाई हरायो

 

Write A Comment

Please Login to comment.