लेख विवरण

भारतविरुद्ध रोहितले बनाए अर्धसतक

भारतविरुद्ध रोहितले बनाए अर्धसतक

काठमाडौंँ । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपालका कप्तान रोहित पौडेलले भारतविरुद्ध अर्धसतक प्रहार गरेका छन । चौंथो नम्बरमा ब्याटिङ गर्न आएका रोहितले संकटमा परेको नेपाली टोलीलाई माथी उकास्ने क्रममा अर्धसतक प्रहार गरेका हुन । लिस्ट ए क्रिकेटमा उनको यो ९ औं अर्धसतक हो ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेललाई शुन्य रनमा गुमाएको थियो । अर्का ओपनर आसिफ शेख पनि ७ रन बनाएर आउट भए । तेस्रो नम्बरमा आएका देव खनाल पनि १५ रन बनाएर आउट भए । त्यस्तै भिम सार्कि (४), कुशल मल्ल (०) र सोमपाल कामी (१४) रन बनाएर आउट भए ।

प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग पराजित भएको थियो । पाकिस्तानसामु कमजोर देखिएको नेपाललाई भारतलाई पन्छाउन सक्नु ठूलो चुनौती हुनेछ ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग चार विकेटले पराजित भएको थियो । नेपालले दिएको एक सय ८० रनको लक्ष्य पाकिस्तानले ३२.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो ।

प्रतियोगिताको समूह ‘बी’ मा नेपालसँगै पाकिस्तान ‘ए’, भारत ‘ए’ र संयुक्त अरब इमिरेट्स (युएई) रहेको छ । यस्तै समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र ओमान रहेका छन् । एसियाका आठ टोली सहभागि प्रतियोगितामा राष्ट्रिय टोली खेलाउने नेपाल एक्लो देश हो । अन्य देशले युवा खेलाडीलाई मौका दिएका छन् ।

नेपालले तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल जुलाई २३ तारिख हुनेछ । यस प्रतियोगिताको कुनै पनि खेललाई एक दिवसीय मान्यता रहेको छैन ।

नेपालले यस प्रतियोगितालाई एसिया कपको तयारीको रुपमा लिएको छ । एसिया कप आगामी अगष्ट–सेप्टेम्बरमा पाकिस्तान र श्रीलङ्कामै हुनेछ । एसिया कपमा नेपाल, भारत र पाकिस्तान एउटै समूह ‘ए’ मा छन् ।

समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछ । सुपर चारको शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

भारतविरुद्ध नेपाली टोली : रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, देव खनाल, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, ललितनारायण राजवंशी र किशोर महतो ।

 

थप समाचार :

राष्ट्रपति रनिङ शील्ड प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई नगद सहित सम्मान

विम्बल्डन टेनिसको उपाधि कार्लोस अल्कारोजलाई

बङ्गलादेशविरुद्ध मैत्रीपूर्ण सिरिज जितेर फुटबल टोली स्वदेश फर्कियो

एसीसी इमर्जिङ एसिया कप : भारतविरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्दै

भारतविरुद्ध नेपाल : भुर्तेल शुन्य रनमा आउट

इमर्जिङ टिम्स एसिया कप : नेपालको दोस्रो विकेट पतन

टिप्पणी लेख्नुहोस्

Please Login to comment.