Article detail

इन्टर मियामीमा मेस्सीलाई भव्य स्वागत

इन्टर मियामीमा मेस्सीलाई भव्य स्वागत

काठमाडौंँ । इन्टर मियामीको प्रतिक्षा अन्त्य गर्दै अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सी आइतवार अमेरिकी फुटबल क्लबमा सामेल भएका छन् । यस क्रममा उनलाई भीडले भव्य स्वागत गरेको थियो र इङ्ल्यान्डका स्टार फुटबलर डेभिड बेकह्यामलगायत क्लब मालिकहरूले उनलाई आफ्नो १० नम्बरको गुलाबी जर्सी दिएका थिए। इन्टर मियामीले लामो प्रयासपछि लियोनल मेस्सीलाई अनुबन्ध गर्न सफल भएको छ ।

रंगशालामा उपस्थित दर्शकहरु देखेर उत्साहित हुँदै मेस्सीले भने, 'मियामीमा आउन पाउँदा निकै खुसी छु र तपाईहरुको अगाडि खेल्न पाउनु मेरो लागि सौभाग्यको कुरा हो । मेरो परिवारलाई न्यानो स्वागत गर्नुभएकोमा म तपाईंहरू प्रत्येकलाई धन्यवाद दिन्छु।' टोलीका सह-मालिक र अध्यक्ष डेभिड बेकह्यामले भने, 'विश्वका उत्कृष्ट खेलाडीहरूमध्ये एक मेस्सीलाई आज यो बिषेश स्वागता गर्न पाउदा हामी खुशी छौं । यो क्षण मनाउने हाम्रा समर्थकहरूलाई हामी धन्यवाद दिन चाहन्छौं।'

 

थप समाचार :

पहिलो टेस्टको दोस्रो दिन पाकिस्तानले गर्यो पुनरागमन

नेपाल भारतसँग ९ विकेटले पराजित

भारतविरुद्ध रोहितले बनाए अर्धसतक

राष्ट्रपति रनिङ शील्ड प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई नगद सहित सम्मान

विम्बल्डन टेनिसको उपाधि कार्लोस अल्कारोजलाई

बङ्गलादेशविरुद्ध मैत्रीपूर्ण सिरिज जितेर फुटबल टोली स्वदेश फर्कियो

Write A Comment

Please Login to comment.