लेख विवरण

एसीसी इमर्जिङ एसिया कप : युएईले नेपाललाई दियो १ सय ५८ रनको लक्ष्य

एसीसी इमर्जिङ एसिया कप : युएईले नेपाललाई दियो १ सय ५८ रनको लक्ष्य

काठमाडौँ । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले बुधबार (आज) संयुक्त अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । कोलम्बोको पी सारा ओभलमा टस हारेर बलिङ गरेको नेपालले जितका लागि १ सय ५८ रनको लक्ष्य पाएको छ ।

टस जितेर ब्याटिङ गरेको युएईले ४४ ओभरमा अलआउट हुँदै १ सय ५७ रन बनाएको छ । युएईलाई रोक्ने क्रममा नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ४० रन खर्चे । त्यस्तै टोलीका लागि लिस्ट ए क्रिकेटमा डेब्यु गरेका मौसम ढकालले २ विकेट लिए । कुशल मल्ल र पवन सर्राफले समान १-१ विकेट लिए ।

युइएका लागि ओपनर लवप्रीत सिंहले अर्धसतकीय पारी खेल्दै ५२ रन बनाए । इथान डिसुजा (१८), अश्वन्त वल्थापा (१६), आर्यन शर्मा (१४) र जश ज्ञानानीले (१३) रन बनाए । नेपालका बलरहरुले युएइका ६ खेलाडीलाई दोहरो अंकमा रन बनाउन दिएनन । १ सय ५८ रनको लक्ष्य पाएको नेपालले अब ब्याटिङ गर्दैछ ।

 

थप समाचार :

मेस्सीको मिलामीमा भएको पहिलो अभ्यास खेलका झलकहरु (फोटोफिचर)

एसीसी इमर्जिङ एसिया कप : नेपाल टस हारेर बलिङ गर्दै

कुस्ती महासंघका अध्यक्षलाई यौन उत्पीडन मुद्दामा अन्तरिम जमानत

किरण थप एक वर्षका लागि पञ्जाव एफसीमा अनुबन्ध

पौडी टोलीको बिदाइ

युनिलिभरले राष्ट्रिय महिला फुटबल टोलीलाई २५ लाख प्रायोजन गर्यो

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.