Article detail

विश्व एक्वाटिक च्याम्पियनसिपमा सहभागी हुन जाने पौडी टोलीको बिदाइ

विश्व एक्वाटिक च्याम्पियनसिपमा सहभागी हुन जाने पौडी टोलीको बिदाइ

काठमाडौं । जापानको फुकुओका सहरमा आयोजना हुने विश्व एक्वाटिक च्याम्पियनसिप–२०२३ मा सहभागी हुन जाने नेपाली पौडी टोलीको बिदाइ गरिएको छ । टोलीलाई मङ्गलबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बिदाइ गरे ।

ओलम्पिकको छनोट प्रतियोगितासमेत रहेको यस च्याम्पियनसिपमा नेपालका गौरीका सिंह, एलेक्जेन्डर गादेगाद शाह, डुवाना लामा र नासिर याह्या हुसेनले प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यको नेतृत्वमा जापान जाने टोलीको प्रशिक्षकमा ओलम्पियन नयना शाक्य, व्यवस्थापकमा नरेश वैद्य र अफिसियलमा सञ्जय शाह रहेका छन् ।

अध्यक्ष बज्राचार्यले सोही अवसरमा हुने एक्वाटिक कांग्रेसमा पनि भाग लिनेछन् । नेपाली टोली बुधबार जापान प्रस्थान गर्नेछ ।

 

थप समाचार :

युनिलिभरले राष्ट्रिय महिला फुटबल टोलीलाई २५ लाख प्रायोजन गर्यो

कराते खेलाडी यमबहादुरलाई स्वर्ण पदकले दिलाएको खुशी

ग्लोबल टी २० खेल्न सन्दीप क्यानडा प्रस्थान

केभिन सिन्क्लेयर पहिलो पटक वेस्ट इन्डिजको टेस्ट टोलीमा

युनिलिभरले राष्ट्रिय महिला फुटबल टोलीलाई प्रायोजन गर्ने

राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ

 

Write A Comment

Please Login to comment.