लेख विवरण

आईसीसीले सार्वजनिक गर्‍यो एकदिवसीय विश्वकप २०२३ को लोगो

आईसीसीले सार्वजनिक गर्‍यो एकदिवसीय विश्वकप २०२३ को लोगो

काठमाडौंँ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले एकदिवसीय विश्वकप २०२३ को लोगो सार्वजनिक गरेको छ । आईसीसीले आफ्नो ट्विटर एकाउन्ट मार्फत ओडीआई डब्ल्यूसी २०२३ लोगो सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको लोगोमा क्रिकेट विश्वकपलाई नवरस को रुपमा दर्शाइएको छ । नवरसलाई क्रिकेटको सन्दर्भमा कल्पना गर्दा विभिन्न रंगहरू प्रयोग गरी विश्व कप खेलको फुल अन ड्रामादेखि फ्यानहरूको आनन्दसम्मको भावनालाई प्रतिनिधित्व गर्ने बुझिन्छ । नवरसमा आनन्द, शक्ति, उदासी, सम्मान, गर्व, बहादुरी, महिमा, आश्चर्य र जोश, भावनाहरू समावेश छन् जुन एकदिवसीय विश्वकपको समयमा देखिने गरिन्छ ।

रिपोर्टका अनुसार ओडीआई विश्वकप २०२३ अक्टोबर ५ देखि सुरु हुनेछ र प्रतियोगिताको फाइनल खेल नोभेम्बर १९मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.