लेख विवरण

घरेलु मैदानमा चेन्नईले लखनउलाई हरायो

घरेलु मैदानमा चेन्नईले लखनउलाई हरायो

काठमाडौंँ । इन्डियन प्रिमियर लिग–१६ को छैटौं खेलमा चार पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले लखनउ सुपर जाइन्ट्सलाई १२ रनले पराजित गरेको छ ।

झण्डै चार वर्षपछि घरेलु मैदान चेपौकमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो । टोलीले आईपीएल इतिहासमा २४ औं पटक २००ं रन पुरा गर्ने कीर्तिमान पनि बनाएको छ । जवाफमा लखनउको टोलीले २० ओभरमा ७ विकेट गुमाएर २०५ रन मात्र बनाउन सक्यो ।

चेन्नईको जितमा मोइन अलीले उत्कृष्ट बलिङ गरे । उनले ओपनर काइल मेयर (५३ रन) लाई आउट गरेर लखनउको ओपनिङ पार्टनरशिप तोडे । त्यसपछि केएल राहुल (२० रन)लाई पनि पेभेलियन फर्काए । मोइनले क्रुणाल पाण्ड्या (९ रन) र मार्कस स्टोइनिस (२१ रन) आउट गर्दे गरेर लखनउको मध्यक्रमका ब्याटसम्यानहरुलाई पेभेलियन फर्काए । चेन्नईका लागि बलिङमा बाँकी काम तुषार देशपाण्डे र मिचेल सेन्टनरले गरे ।

चेपौक स्टेडियममा यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो । सीएसकेका ओपनरहरूले शतकीय साझेदारी गर्दै टोलीलाई बलियो सुरुवात गराए। ऋतुराज गायकवाड र डेभोन कोनवेको जोडीले ५६ बलमा ११० रनको साझेदारी गरे । यी दुईको ९ इनिङ्समा यो तेस्रो शतकीय साझेदारी हो ।

ऋतुराजले आईपीएलको जारी सिजनमा लगातार दोस्रो अर्धशतक प्रहार गरे । उनी ३१ बलमा ५७ रन बनाएर आउट भए । त्यसपछि अर्को ओभरमा कोनवे ४७ रनको व्यक्तिगत स्कोरमा मार्क वुडको शिकार बने। अन्तिम ओभरमा कप्तान महेन्द्र सिंह धोनीले मार्क वुडको बलमा लगातार दुई छक्का प्रहार गरे । शिवम दुबे र अम्बाती रायडुले २७–२७ रन बनाए । लखनउका लागि मार्क वुड र रवि बिश्नोईले ३–३ विकेट लिए ।

चेपौकमा महेन्द्र सिंह धोनीले ३ बलमा २ छक्का प्रहार गर्दै १२ रन बनाए । योसँगै उनले आईपीएलमा ५ हजार रन पनि पुरा गरे । उनी यो किर्तिमान बनाउने पाँचौं भारतीय र समग्रमा सातौं खेलाडी बने। यसका लागि धोनीले २३७ खेल खेले । धोनीले २० औं ओभरमा दुवै छक्का प्रहार गरेका थिए । उनी आईपीएलको २० औं ओभरमा सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडीको रुपमा पहिलो नम्बरमा छन् । उनको नाममा कुल ५५ छक्का छ । उनीपछि केरोन पोलार्डले ३३ छक्का, रविन्द्र जडेजाले २६ र हार्दिक पाण्ड्याले २५ छक्का प्रहार गरेका छन् । मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा २३ छक्कासहित यो सूचीमा पाँचौं नम्बरमा छन् ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.