लेख विवरण

विश्वकप छनोट प्लेअफः पिएनजीले पायो २ सय ६१ रनको लक्ष्य

विश्वकप छनोट प्लेअफः पिएनजीले पायो २ सय ६१ रनको लक्ष्य

काठमाडौंँ । नामिबियामा जारी आईसीसी एकदिवसीय विश्वकप प्लेअफको दोस्रो खेलमा पिएनजीले २ सय ६१ रनको लक्ष्य पाएको छ । टस जितेर बलिङ गरेको पिएनजीलाई युएईले २ सय ६१ रनको लक्ष्य दिएको हो ।

विन्डहोकमा टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाउदै २ सय ६० रन बनायो । टोलीका लागि कप्तान मोहम्मद वसीमले सर्वाधिक ९६ रन बनाए । उनी सतक बनाउनबाट मात्र ४ रनले चुके । १०६ बलको समाना गर्ने क्रममा वसीमले ५ चौका र ६ छक्का प्रहार गरे । कार्तिक मयप्पन (२२) र रोहन मुस्तफा (१३) रन बनाएर आउट भए । आयान अफजल खान (९४) रनमा अविजित रहे ।

पिएनजीका लागि बलिङमा चाड सोपरले सर्वाधिक ४ विकेट लिए । सेमो कमियाको नाममा २ विकेट रह्यो । नर्मन भानुआले १ विकेट लिए । २ सय ६१ रनको लक्ष्य पाएको पिएनजीले अब केहिबेरमा ब्याटिङ गर्दैछ ।

आजै भइरहेको क्यानडा र जर्सीबीचको खेलमा क्यानडाले जर्सीलाई २ सय ३९ रनको लक्ष्य दिएको छ । प्रतियोगितामा पहिलो र दोस्रो हुने टोलीले एकदिवसीय विश्वकपक छनोट खेल्नेछ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.