सन्दीप र दिपेन्द्रले एसीसी इमर्जिङ टिम एसिया कप गुमाउने
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्धय सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरिले एसीसी इमर्जिङ टिम एसिया कप नखेल्ने भएका छन् । उनीहरु क्यानडामा हुने फ्रेन्चाइज लिग ग्लोबल टि–२० खेल्न लागेका कारण इमर्जिङ कप गुमाउने भएका छन् ।
ग्लोबल टि–२० लिग आगमी जुलाई २० देखी अगष्ट ६ सम्म क्यानडामा हुँदैछ । लिगमा सन्दीप द सर्रे जगुआर र दिपेन्द्र मोन्ट्रियल टाइगर्सबाट खेल्ने छन् । सन्दीपलाई द सर्रे जगुआरले एसोसिएट मार्कि प्लेयरको रुपमा टोलीमा लिएको थियो ।
सन्दीपको टोलीमा इङल्यान्डका एलेक्स हेल्स, पाकिस्तानका इफ्तिखार अहमद र मोहम्मद हरिस, बङलादेशका लिटोन कुमार दास, अफगानीस्तानका करिम जनात, अष्ट्रेलियाका जेसन बेहरेन्डोर्फ जस्ता खेलाडीहरु रहेका छन । त्यस्तै दिपेन्द्रको टोलीमा बङलादेशका शकिब अल हसन, वेस्टइन्डिजका आन्द्रे रसेल, शेर्फेन रदरफोर्ड र कार्लोस ब्राथवेट, अष्ट्रेलियाका क्रिस लिन, पाकिस्तानका मोहम्मद अब्बास अफ्रिदी, अफगानीस्तानका जाहिर खान जस्ता खेलाडीहरु रहेका छन् ।
एसिसी इमर्जिङ कपअन्तर्गत नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने

टिप्पणी लेख्नुहोस्