लेख विवरण

दोस्रो संस्करणको किंग्स कप भलिबल प्रतियोगिता हुने

दोस्रो संस्करणको किंग्स कप भलिबल प्रतियोगिता हुने

काठमाडौंँ । किंग्स क्लब काठमाडौंको आयोजनामा दोस्रो संस्करणको किंग्स कप भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता साउन २३ देखी २७ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । ।

विभागीय सहितका अन्य टोलीको सहभागीता रहने प्रतियोगिताका खेलहरु नयाँ बसपार्कमा रहेको ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगितामा प्रथम हुने टोलीलाई २ लाख २ हजार नगद तथा दोस्रो हुनेलाई १ लाख १ हजार नगद पुरस्कार प्रदान गरिने भएको छ । त्यस्तै तेस्रो हुनेले नगद रु ५० हजार ५ सय र सान्त्वनाले रु २२ हजार २ सय प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले नगद रु ८ हजार तथा हरेक विधाका उत्कृष्ट खेलाडीले जनही ३ हजार नगद पुरस्कार पाउँने भएका छन् ।

 

थप समाचार :

महिला तथा पुरुष क्लब लिग भलिबलमा एपिएफ विजयी

त्रिभुवन आर्मी क्लबले विश्वकै सबैभन्दा पुरानोमध्ये एक डुरान्डकप खेल्ने

मलेसियामा प्रथम जोहरकप फुटबल प्रतियोगिता आयोजना हुँदै

विम्बल्डनमा जोकोभिचको लगातार ३२ औं जित

फुटबल क्लब संघको अध्यक्षमा कर्माछिरिङ शेर्पा चयन

टिप्पणी लेख्नुहोस्

Please Login to comment.