मलेसियामा प्रथम जोहरकप फुटबल प्रतियोगिता आयोजना हुँदै
जोहर बाहरू । मलेसियाको जोहर बाहरू राज्यमा प्रथम जोहरकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिताका खेलहरु जोहर स्थित एरिना मुतियारा जोहोर ल्याण्डको रंगशालामा हुने भएको छ । नेपाली समुदायले आयोजना गर्ने लागेको प्रतियोगिता अगामी नोभेम्बर १२ र १३ तारीखमा हुनेछ् ।
प्रतियोगिता दिपावलीको अवसरमा आयोजना गर्न लागेको आयोजक समितिका अध्यक्ष मान मगरले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । उनले प्रतियोगिताको लागि टिम दर्ता अवधी यही जुलाई १० देखि अक्टोबर १५ तारीख सम्म रहने र खेल तालिका अक्टोवर २५ मा प्रकाशन हुने बताए ।
कार्यक्रममा आरटी एफसीक संचालक राजु तामाङले शुभकामना दिदै जोहोरमा यस प्रकारको फुटबल तथा अन्य धेरै खेलकुद प्रतियोगिता हुन आवश्यक रहेकोले आफ्नो तर्फबाट जस्तोसुकै सहयोग गर्न पनि तत्पर रहेको बताए । उनले प्रथम जोहोर कप प्रतियोगिताका लागि मलेसियन रिंगेट ५ हजार प्रोत्साहन स्वरुप सहयोग प्रदान गर्ने घोषणा गरे ।
पत्रकार सम्मेलनमा गैर आवासीय नेपाली संघ मलेसियाका क्षेत्रीय समिति अध्यक्ष हरि बस्नेतले खेलकुद मात्रै कुलतलाई परास्त गर्ने एउटा बिकल्प भएको । र हामी श्रमिक भएर मलेसिया आए पनि हरेक संग विशेष क्षमता रहेको बताए। आयोजक समितिका उपाध्यक्ष रोजिन सिवाकोटीले जोहरमा रहेका सबै क्लब तथा खेलाडीहरुले बिगतबाट पाठ सिकेर वर्तमानमा एकता र सद्भाव कायम गरि प्रथम जोहोर कपलाई भब्यरुपमा सफल पार्न साथ र सहयोग गर्न आग्रह गरे ।
प्रतियोगिताको प्रथम पुरस्कार २० हजार रिङ्गिट र दोस्रो पुरस्कार १० रिङ्गिट तथा ट्रफी र मेडल रहेको आयोजकले जनाएको छ । साथै प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षकलाई नगद पुरस्कार ३ सय रिङ्गिट र ट्रफी प्रदान गरिने अध्यक्ष मान मगरले जानकारी गराए ।
साथै आयोजकले प्रतियोगिताको जानकारी तथा टिम दर्ताको लागि निम्न सम्पर्क नम्बरहरु उपलब्ध गराएको छ : ०१८९७९२६५३, ०१०३८१२९३८, ०१४७३६८९६४ र ०१८७८९२३२५
थप समाचार :
विम्बल्डनमा जोकोभिचको लगातार ३२ औं जित
फुटबल क्लब संघको अध्यक्षमा कर्माछिरिङ शेर्पा चयन
मैत्रीपूर्ण खेलका लागि महिला फुटबल टोलीको बिदाइ
एनभिए महिला तथा पुरुष क्लब लिग : न्यू डायमन्ड, पुलिस र एपिएफ बिजयी

टिप्पणी लेख्नुहोस्