लेख विवरण

त्रिभुवन आर्मी क्लबले विश्वकै सबैभन्दा पुरानोमध्ये एक डुरान्डकप खेल्ने

त्रिभुवन आर्मी क्लबले विश्वकै सबैभन्दा पुरानोमध्ये एक डुरान्डकप खेल्ने

काठमाडौंँ । सहिद स्मारक ए डिभिजन लिग क्लब त्रिभुवन आर्मी क्लबले विश्वकै सबैभन्दा पुरानोमध्ये एक डुरान्डकप २०२३ खेल्ने भएको छ । सोमबार निकालिएको ड्र मा आर्मी समूह ‘ई’ मा परेको छ । आर्मीसँगै सो समुहमा आईएसएलका हैदरावाद एफसी, चेन्नाइन एफसी र भर्खरै मात्र आई-लिगमा बढुवा भएको टोली दिल्ली एफसी रहेका छन् ।

भारत मात्र नभएर विश्वकै सबैभन्दा पुरानोमध्ये एक रहेको डुरान्डकप अगष्ट ३ देखी सेप्टेम्बर ३ सम्म संचालन हुनेछ । प्रतियोगितामा कुल २४ टिमको सहभागिता छ भने तिनलाई ६ समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा आर्मी विदेशी टोलीको रुपमा सहभागि हुने भएको हो ।

प्रतियोगिताको प्रत्येक समूहको शीर्षमा रहने र दोस्रोमा रहने उत्कृष्ट दुई टोलीले नकआउट चरणको यात्रा गर्नेछ । डुरान्डकपको डिफेन्डिङ च्याम्पियन बेंगलुरु एफसी रहेको छ ।

प्रतियोगिताका खेलहरु कोलकाता, गुवाहाटी, शिलोङ र कोकराझारमा हुनेछ । त्रिभुवन आर्मी क्लब रहेको समूह ‘ई’का खेलहरु गुवाहटीमा हुनेछ् ।

 

थप समाचार :

मलेसियामा प्रथम जोहरकप फुटबल प्रतियोगिता आयोजना हुँदै

विम्बल्डनमा जोकोभिचको लगातार ३२ औं जित

फुटबल क्लब संघको अध्यक्षमा कर्माछिरिङ शेर्पा चयन

मैत्रीपूर्ण खेलका लागि महिला फुटबल टोलीको बिदाइ

एनभिए महिला तथा पुरुष क्लब लिग : न्यू डायमन्ड, पुलिस र एपिएफ बिजयी

टिप्पणी लेख्नुहोस्

Please Login to comment.