एनआरएस स्पोर्टस फाउन्डेसनद्धारा धावकहरुका लागि प्रशिक्षण सन्चालन
काठमाडौं । निलेन्द्रराज श्रेष्ठ (एनआरएस) स्पोर्टस फाउन्डेसनले इनड्राइभको सहकार्यमा धावक बन्न चाहानेहरुका लागि प्रशिक्षणको औपचारिक सुरुवात गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमिकभर्ड हलमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले शनिबार प्रशिक्षणको उद्घाटन गरेका थिए । उनले प्रशिक्षणले एथलेटिक्समा नयाँ खेलाडी तयार हुने विश्वास व्यक्त गरे ।
दौड संस्कृतिलाई प्रवद्र्धन गर्न र लामो दूरीका धावकलाई अन्तर्राष्ट्रिय दौड प्रतियोगितामा सहभागिता जनाउने वातावरण तयार पार्ने उद्देश्यका साथ एनआरएस स्पोर्टस फाउन्डेसनले प्रशिक्षण सन्चालन गरेको एनआरएस स्पोर्टस फाउन्डेसनका संस्थापक तथा काठमाडौं म्याराथनका संस्थापक अध्यक्ष निलेन्द्रराज श्रेष्ठले बताए । प्रशिक्षण १२ वर्ष मुनीका बालबालिकाहरुलाई लक्षित गरि सुरुवात गरिएको हो ।
लामो समयदेखि दक्षिण एसियाली स्तरका दौड प्रतियोगितामा नेपालको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ । अझै व्यवस्थित प्रशिक्षण दिन सकेको खण्डमा भविष्यमा विश्व स्तरका खेलाडी तयार हुने सम्भावना छ । एनआरएस स्पोर्टस फाउन्डेसनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले स्थानीय प्रतिभालाई राम्रोसँग हुर्काउन वातावरण तयार पार्न सके नेपालले माथिल्लो स्तरका खेलाडी तयार हुने विश्वास व्यक्त गरेका छन् ।
दौडको प्रशिक्षणका लागि एनआरएस स्पोर्टस फाउन्डेसन र इनड्राइभबीचको सहकार्यले महत्वपूर्ण हुने विश्वास लिएको छ । निशुल्क रुपमा गरिने प्रशिक्षण पहिलो चरणमा उपत्यकाका काठमाडौं, पाटन, भक्तपुर, थिमी, कीर्तिपुरमा सन्चालन गरिनेछ । अर्को चरणमा हेटौंडा, बुटवल र पोखरामा प्रशिक्षणा गरिनेछ । काठमाडौंमा विमला राना मगर, पाटनमा विमला जोशी र धनिराम चौधरी, भक्तपुरमा मोहन कर्माचार्य, थिमीमा राधेश्याम कावा, पोखरामा सिद्धान्त अधिकारी र हेटौडामा राजाराम पोखरेलले प्रशिक्षण दिनेछन् । प्रशिक्षकहरुको संयोजक राकेश बज्राचार्य रहेका छन्।
एनआरएस स्पोर्टस पाउन्डेसनका अध्यक्ष श्रेष्ठले प्रशिक्षण सन्चालनका लागि आफूहरु उत्साहित रहेको र नेपालमा दौड संस्कृतिको प्रवद्धर्नमा सहभागी हुन पाउँदा खुसी लागेको बताए । प्रशिक्षकहरुले बालबालिकालाई दौड, इन्डुरेन्स ट्रेनिङ तथा सम्भावित चोटबाट बचाउबारे ज्ञान दिनेछन् । यसले प्रशिक्षार्थीहरुमा आफ्नो शीप तिखार्न, स्टामिना बढाउन र समग्रमा प्रदर्शनमा सुधार गर्न मद्दत मिल्ने विश्वास लिएको छ ।
इनड्राइभका नरेश श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रशिक्षण कार्यक्रममा साथ रहेको र भविष्यमा पनि सहकार्य रहने बताए । अनलाइनमार्फत १ सय भन्दा बढी बालबालिकाले प्रशिक्षणका लागि नाम दर्ता गराइसकेका छन् ।
युवा तथा सहज पहुँचबाट टाढा रहेका धावकलाई प्रवद्धर्न गर्न इनड्राइभले ३ सय धावकलाई काठमाडौं म्याराथनमा सहभागी हुन मद्दत गर्नेछ । काठमाडौं म्याराथनको १५ औं संस्करण २०८० अश्विन २७ गते शनिबार आयोजना हुने घोषणा यसअघि नै भइसकेको छ ।
एनआरएस स्पोर्टस फाउन्डेसन प्राति एक खेलकुदको इभेन्ट्स म्यानेजमेन्ट कम्पनीका रूपमा रहेको छ र यसले नेपालमा खेलकुदका विभिन्न गतिविधिको आयोजना तथा व्यवस्थापन गर्दै आएको छ । यसको उद्देश्य नेपालमा खेलकुदको प्रवद्र्धन र प्रतिभाशाली खेलाडीको विकासमा टेवा पुरयाउनु रहेको छ ।
थप समाचार :
राष्ट्रिय टोलीका कप्तान हरिहजुर थापा बर्खास्त
मेजर लिग क्रिकेट : सिएटल ओर्कासले आरोन फिन्चको सान फ्रान्सिस्को युनिकोर्नलाई हरायो
दोस्रो मैत्रीपूर्ण खेलमा आज नेपाल र बंगलादेश भिड्दै
भारतमा हाम्रो टोली चढे्को बसमा ढुंगा प्रहार भएको थियो : शाहिद अफ्रिदी (भिडीयो)
विम्बल्डन जित्ने पहिलो गैर वरियता खेलाडी बनिन् भोन्ड्रोसोभा
दोस्रो खेलमा स्पष्ट जित निकाल्ने योजनामा नेपाल

टिप्पणी लेख्नुहोस्