दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले बङ्गलादेशलाई हरायो
काठमाडौं । बङ्गलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेल नेपालले जितेको छ । ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा आइतबार भएको खेलमा नेपाली महिला टोलीले बङ्गलादेशलाई टाइब्रेकरमा ४–२ गोलले हरायो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिईएको हो । यसअघि बिहीबार भएको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दिपा शाही, अनिता केसीले गोल गरे । अञ्जना रानामगरको प्रहार बारमा लाग्दै बाहिरिएको थियो।
बङ्गलादेशकी साम्सुनार र मोनिका चक्माले मात्र गोल गर्न सके । मारिया मण्डा र सेइली अजिमको प्रहार गोलरक्षक अञ्जना रानामगरले बचाइन् । पहिलो खेलमा नेपालका लागि सावित्रा भण्डारीले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीको हार टारेकी थिइन् ।
नेपालले चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) को तयारीका लागि बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो । नेपालले यसअघि बङ्गलादेशसँग गत वर्ष काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको थियो । त्यतिवेला नेपाल बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो ।
थप समाचार :
डेभिड बेकह्यामको क्लब मियामीमा अनुबन्धित भए मेस्सी
एनआरएस स्पोर्टस फाउन्डेसनद्धारा धावकहरुका लागि प्रशिक्षण सन्चालन
राष्ट्रिय टोलीका कप्तान हरिहजुर थापा बर्खास्त
मेजर लिग क्रिकेट : सिएटल ओर्कासले आरोन फिन्चको सान फ्रान्सिस्को युनिकोर्नलाई हरायो
दोस्रो मैत्रीपूर्ण खेलमा आज नेपाल र बंगलादेश भिड्दै
भारतमा हाम्रो टोली चढे्को बसमा ढुंगा प्रहार भएको थियो : शाहिद अफ्रिदी (भिडीयो)

टिप्पणी लेख्नुहोस्