इमर्जिङ टिम्स एसिया कप : नेपालले भारतलाई दियो १ सय ६८ रनको लक्ष्य
काठमाडौंँ । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले भारत ए लाई १ सय ६८ रनको लक्ष्य दिएको छ । आर प्रेमदास स्टेडियम, कोलम्बोमा टस जितेर ब्याटिङ गरेको नेपाल ३९.२ ओभरमा अलआउट हुँदै १ सय ६७ रन बनायो । टोलीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६५ रन बनाए । अर्धसतक बनाएका पौंडेलले ८५ बलको सामना गर्ने क्रममा ७ चौंका प्रहार गरे ।
यसअघि नेपालका ओपनर कुशल भुर्तेल शुन्य रनमा आउट भए । अर्का ओपनर आसिफ शेख पनि ७ रन बनाएर आउट भए । तेस्रो नम्बरमा आएका देव खनाल १५ रन बनाएर आउट भए । त्यस्तै भिम सार्कि (४), कुशल मल्ल (०), सोमपाल कामी (१४), पवन सर्राफ (६) र ललित नारायण राजवंशी (३) रन बनाएर आउट हुँदा किशोर महतो २ रनमा अविजित रहे । गुलशन कुमार झा ३० बलमा ३८ रन बनाएर आउट भए । उनले २ चौंका र २ छक्का प्रहार गरे ।
भारत ए का लागि बलिङमा निशान्त सिन्धुले ४ विकेट लिए । राजवर्धन हांगरगेकरले ३ विकेट लिए । हर्षित राणा २ र मानव सुथारले १ विकेट लिए । १ सय ६८ रनको लक्ष्य पाएको भारतले अब केही बेरमा ब्याटिङ गर्नेछ ।
थप समाचार :
भारतविरुद्ध रोहितले बनाए अर्धसतक
राष्ट्रपति रनिङ शील्ड प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई नगद सहित सम्मान
विम्बल्डन टेनिसको उपाधि कार्लोस अल्कारोजलाई
बङ्गलादेशविरुद्ध मैत्रीपूर्ण सिरिज जितेर फुटबल टोली स्वदेश फर्कियो
एसीसी इमर्जिङ एसिया कप : भारतविरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्दै
भारतविरुद्ध नेपाल : भुर्तेल शुन्य रनमा आउट

टिप्पणी लेख्नुहोस्