लेख विवरण

ललितपुर मेयर महिला च्याम्पियनसिप : सुदुरपश्चिम १९ रनले विजयी

ललितपुर मेयर महिला च्याम्पियनसिप : सुदुरपश्चिम १९ रनले विजयी

काठमाडौंँ । राजधानीमा जारी ललितपुर मेयर महिला च्याम्पियनसिप अन्तर्गत सोमवार (आज) सम्पन्न दोस्रो खेलमा सुदुरपश्चिमले कोशी प्रदेशलाई १९ रनले पराजित गरेको छ । टियु अन्तराष्ट्रिय क्रिकेट मैदानमा १ सय १३ रन पछ्याएको कोशी २० ओभरमा ७ विकेट गुमाउदै ९३ रनमा रोकिएपछि सुदुरपश्चिमले प्रतियोगितामा दोस्रो जित निकाल्न सफल भयो । कोशीलाई ९३ रनमा रोक्न सुदुरपश्चिमका रितु कनौजिया, लक्ष्मी साउद, जानकी थापा र विन्दु रावलले समान १-१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको सुदुरपश्चिमले सम्झना खड्काको अर्धसतकीय पारीमा ८ विकेट गुमाउदै १ सय १२ रन बनाएको थियो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी सम्झनाले ५१ बलमा ४ चौंकाको मद्दतले ५४ रन बनाएकी थिइन । त्यस्तै टोलीका लागि रितु कनौजिया (२३) तथा कप्तान बिन्दु रावलले (१४) रनको योगदान दिए । सुदुरपश्चिमले अत्तिरिक्तको रुपमा ११ रन पाएको थियो । बलिङमा कोशीका लागि सबनम राई, हिरण्मयी रोय र संगीता राईले समान २-२ विकेट लिदा अलिशा खाडियाले एक सफलता हात पारिन् ।

कोशीका लागि काजल श्रेष्ठ (३३) र कप्तान अप्सरी बेगमले (२३) रन बनाउदा अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन् ।

आजै भएको पहिलो खेलमा बिभागिय टोली एपिएफ क्लबले बागमती प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो ।

प्रतियोगिता अन्तर्गत बुधवार हुने खेलमा आयोजक ललितपुर-११ र एपिएफ क्लब तथा बागमती प्रदेश र कोशी प्रदेश भिड्ने भएका छन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.