लेख विवरण

मनास्लु र आईएसलाई गोल्डेनगेट बास्केटबल उपाधि

मनास्लु र आईएसलाई गोल्डेनगेट बास्केटबल उपाधि

काठमाडौं । मनास्लु वर्ल्ड कलेज र आईएस नेपालले गोल्डेनगेट इन्टरनेसनल कलेज एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । मनास्लु ब्वाइज तथा आईएस गर्ल्समा च्याम्पियन बने । बत्तीसपुतलीस्थित आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा मनास्लुले ग्रान्डीलाई २०–१७ ले पराजित ग¥यो ।

गर्ल्सको उपाधि भिडन्तमा आईएसले आयोजकको बोर्न टु हुपलाई १६–७ ले हरायो । ब्वाइज/गर्ल्स दुवैमा पहिलो हुनेले २० हजार तथा दोश्रो हुनेले १० हजार नगद पुरस्कार हात पारे ।

ब्वाइजमा मनास्लुका कोशिस भुजेल तथा गर्ल्समा आईएसएकी सन्ध्या डंगोल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले जनही ५ हजार नगद पुरस्कार पाए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव एवं गोल्डेनगेटका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार सिल्वाल र गोल्डेनगेटका प्रिन्सिपल रोहितबहादुर पौडेलले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगिताको ब्वाइजमा २२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । राउन्ड रोविन लिगका आधारमा भएको गल्र्सको प्रतिस्पर्धामा ४ टिम सहभागी थिए ।

 

थप समाचार :

हामी पनि विश्वकप खेल्न जाँदैनौ : खेलकुद मन्त्री एहसान मजारी

क्रिकेट खेलाडीहरुलाई एसपीएको सम्मान

नेपाली फ्यानले विशेष तरिकाले मनाए क्याप्टेन कुलको जन्मदिन

टिप्पणी लेख्नुहोस्

Please Login to comment.