Article detail

एसिया कपअघि यी २ खेलाडीले गरे सन्यासको घोषणा

एसिया कपअघि यी २ खेलाडीले गरे सन्यासको घोषणा

काठमाडौंँ । पाकिस्तानका तीव्र गतिका बलर एहसान आदिल र अलराउन्डर हम्माद आजमले सन्यासको घोषणा गरेका छन् । तीव्र गतिका बलर एहसान आदिलले पाकिस्तानका लागि ३ टेस्ट र ६ एकदिवसीय खेलेका छन् । त्यस्तै अलराउन्डर हम्माद आजमले पाकिस्तानका लागि ११ एकदिवसीय र ५ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् । यी दुवै खेलाडी वर्तमान पाकिस्तानी टोलीका सदस्य होइनन् ।

आदिलले सन् २०१३ को फेब्रुअरीमा दक्षिण अफ्रिकाविरुद्ध टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए । उनले टेस्टमा ५ विकेट र एकदिवसीयमा ४ विकेट लिएका छन् । आदिल सन् २०१५ मा अस्ट्रेलिया र न्युजिल्यान्डमा भएको विश्वकप टोलीका सदस्य पनि थिए । उनले एडिलेडमा भएको क्वाटरफाइनलमा अस्ट्रेलियाविरुद्ध टोलीका लागि अन्तिम खेल खेलेका थिए, जसमा अस्ट्रेलियाले ६ विकेटको जित निकालेको थियो। पाकिस्तानको सिनियर टोलीमा सामेल हुनुअघि आदिल सन् २०१२ मा अस्ट्रेलियामा भएको आइसिसी पुरुष यू–१९ क्रिकेट विश्वकपमा पाकिस्तानी टोलीका सदस्य थिए।

अलराउन्डर हम्माद आजमलाई एक पटक पाकिस्तानको सबैभन्दा प्रतिभाशाली प्रतिभामध्ये एक मानिन्छ, तर धेरै अवसरहरूको बावजुद, उनले टोलीमा आफ्नो स्थान बनाउन सकेनन्। पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले दुवै खेलाडीलाई क्रिकेटका लागि दिएको योगदानका लागि बधाई दिँदै भविष्यको प्रयासका लागि शुभकामना दिएको छ । अब यी दुई खेलाडी यसै महिना मेजर लिग क्रिकेट (एमएलसी)मा एमआई न्यूयोर्कका लागि खेल्नेछन् ।

 

थप समाचार :

न्यू डायमन्ड, पुलिस र एपिएफ बिजयी

मकवानपुर जिल्ला क्रिकेट संघद्धारा सदस्यता नवीकरण तथा नयाँ सदस्यताका लागि आव्हान

कर्णाली प्रदेशमा रङ्गशाला निर्माणको प्रगति ६० प्रतिशत

एसीसी इमर्जिङ कप खेल्ने नेपाली टोली श्रीलंका प्रस्थान

एसीसी इमर्जिङ कपमा आरिफको ठाँउमा पवन

Write A Comment

Please Login to comment.