लेख विवरण

एसीसी इमर्जिङ कप खेल्ने नेपाली टोली श्रीलंका प्रस्थान

एसीसी इमर्जिङ कप खेल्ने नेपाली टोली श्रीलंका प्रस्थान

काठमाडौं । श्रीलंकामा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टोली श्रीलंका प्रस्थान गरेको छ । टोली श्रीलंकन एयर मार्फत सोमवार (आज) श्रीलंका प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

एसियन क्रिकेट काउन्सील (एसीसी)ले आयोजना गर्न लागेको प्रतियोगितामा नेपालसँगै आयोजक श्रीलंका, भारत, पाकिस्तान, बङलादेश, अफगानिस्तान, युएई र ओमानका टोली रहेका छन् । टेस्ट राष्ट्रहरु भारत, पाकिस्तान, बङलादेश, श्रीलंका र अफगानिस्तानका ए टोलीले प्रतियोगितामा सहभागिता जनाउने छन भने नेपाल, युएई र ओमानका राष्ट्रिय टोली सहभागि हुनेछन् ।

प्रतियोगिता नेपालको समुहमा भारत, पाकिस्तान र युएई रहेका छन् । नेपालले आफ्नो पहिलो जुलाई १४ मा पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले भारतको सामना गर्नेछ । सो खेल १७ जुलाईमा हुनेछ । समूह चरणको अन्तिम खेल १९ जुलाईमा नेपालले युएईसँग खेल्नेछ । प्रतियोगिताको सेमिफाइनल २१ र फाइनल खेल २२ जुलाईमा हुनेछ ।

नेपाली टोली : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, पवन सरार्फ, देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि.सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ ।

 

थप समाचार :

एसीसी इमर्जिङ कपमा आरिफको ठाँउमा पवन

श्रीलंका र नेदरल्यान्डपछि स्कटल्यान्डले पनि विश्वकप खेल्ने सम्भावना

हामी पनि विश्वकप खेल्न जाँदैनौ : खेलकुद मन्त्री एहसान मजारी

विश्वकपबारे निर्णय गर्न प्रधानमन्त्रीद्वारा उच्चस्तरीय समिति गठन

एशिया कपको मस्यौदा तालिका सबै टोलीलाई पठाइयो, चाँडै मिती सार्वजनिक हुने

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.