Article detail

एन्टी डोपिङ सम्बन्धी कक्षा सुरु

एन्टी डोपिङ सम्बन्धी कक्षा सुरु

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत १९ औं एसियाली खेलकुद सचिवालयको आयोजनामा खेलाडी तथा प्रशिक्षकलाई लक्षित गरी एन्टी डोपिङ कक्षा मंगलबारदेखि सुरु भएको छ । तीनदिने कक्षा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिससमा सुरु भएको हो ।

एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने विभिन्न २९ खेललाई तीन भागमा विभाजन गरी तीन दिनसम्म कक्षा सञ्चालन गरिने छ ।

सहभागीलाई औषधिको प्रयोग, डोपिङको विधि, डोपिङको आवश्यकता, प्रशिक्षणको अवस्थामा रहेका खेलाडीले प्रयोग गरिहेको औषधि, वाडाको नियमलगायतका विषयमा जानकारी गराइने छ ।

दक्षिण एसियाली एन्टी डोपिङ ओर्गनाइजेसनका बोर्ड सदस्य डा. ज्ञानेन्द्र शाह, नेपाल ओलम्पिक कमिटीअन्तर्गत एन्टी डोपिङ कमिटीका संयोजक डा. नविसमान सिंह प्रधान र विज्ञ डा. सुसन वैद्यले सहभागीलाई एन्टी डोपिङ सम्बन्धी जानकारी दिने छन् ।

कार्यक्रमको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले एक कार्यक्रमबीच उद्घाटन गरे । सोही अवसरमा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले १९ औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने विभिन्न २९ खेलका खेलाडी तथा प्रशिक्षकलाई किट्स पनि हस्तान्तरण गरेका थिए । त्यस अवसरमा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव टंकलाल घिसिङलगायतको उपस्थिति रहेको थियो ।

 

थप समाचार :

नेपालगञ्जमा ब्याडमिन्टन प्रशिक्षण केन्द्र निर्माण

एक दिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल तल झर्यो

महिला फुटबल टोली बङ्गलादेश प्रस्थान

दोस्रो संस्करणको किंग्स कप भलिबल प्रतियोगिता हुने

महिला तथा पुरुष क्लब लिग भलिबलमा एपिएफ विजयी

त्रिभुवन आर्मी क्लबले विश्वकै सबैभन्दा पुरानोमध्ये एक डुरान्डकप खेल्ने

Write A Comment

Please Login to comment.