लेख विवरण

एसियन एथलेटिक्स एसोसियसनको सदस्यमा नेपालका राजीव विक्रम शाह निर्वाचित

एसियन एथलेटिक्स एसोसियसनको सदस्यमा नेपालका राजीव विक्रम शाह निर्वाचित

काठमाडौं । नेपाल एथलेटिक्स सङ्घका अध्यक्ष राजीव विक्रम शाह एसियन एथलेटिक्स एसोसियसनको सदस्यमा निर्वाचित भएका छन् । थाइल्याण्डको बैंककमा भएको एसोसियसनको साधारण सभाले शाहलाई सदस्य पदमा निर्वाचित गरेको हो ।

निर्वाचनमा शाहल सर्वाधिक ३४ मत पाएका थिए । कार्यसमितिमा आठ सदस्यपदका लागि भएको निर्वाचनमा १६ जनाबीच प्रतिस्पर्धा भएको थियो । जसमा शाहले पहिलो नम्बरमा जिते । ४४ मत मध्ये तीन मत बदर भएको थियो ।

जाजरकोटबाट प्रदेश सभा सांसद समेत रहेका शाह पहिलो पटक एसियन एरिनाको पदाधिकारीमा निर्वाचित भएका हुन् । एसोसियनसनको अध्यक्षमा कतारका दहलान जमन बी अल हमद निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै वरिष्ठ उपाध्यक्षमा थाइल्याण्डका सुरपोङ्ग अनियामोङ्गकोल, उपाध्यक्षहरुमा चीनका वाङ नाम, भारतका टिगर पान्गापुल तानजंग, कुवेतका सयर सालेह अलानेजी, पाकिस्तानका जनरल मुहम्मद अकरम साइ र उज्वेकिस्तानका एन्ड्री अब्दुवलियेव निर्विरोध निर्वाचित भए । महिला सदस्यहरुमा युको अरिमोरी, फिलोमेना बैरोस र स्टेपनिशेवा तात्याना निर्विरोध निर्वाचित भए ।

 

थप समाचार :

अमेरिकामा मेजर लिग क्रिकेट आयोजना हुँदै

विश्व नम्बर २ जोकोभिच १२ औं पटक विम्बल्डनको सेमिफाइनलमा

भोन्ड्रोसोभा पहिलो पटक विम्बल्डनको सेमिफाइनलमा

तेस्रो एकदिवसीयमा जित निकाल्दै बंगलादेशले बचायो लाज

रङ्गशाला निर्माणका लागि भारतबाट विस्तृत परियोजना प्रतिवेदन माग

सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न सक्दैन : खेलकुदमन्त्री

टिप्पणी लेख्नुहोस्

Please Login to comment.