Article detail

सन् २०२७ को विश्वकप पछि एकदिवसीय खेल घटाउन सुझाव

सन् २०२७ को विश्वकप पछि एकदिवसीय खेल घटाउन सुझाव

काठमाडौंँ । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) का सदस्यहरुले सन् २०२७ को विश्वकप पछि एकदिवसीय खेल घटाउन सुझाव दिएका छन् । उनीहरुले द्विपक्षीय एकदिवसीय शृंखलाको अब कुनै अर्थ नरहेको बताए । उनीहरुले विश्वकप भन्दा एक वर्ष अघि मात्र ५० ओभरको द्विपक्षीय शृङ्खला खेल्नुपर्ने सुझाव दिए।

एमसीसी क्रिकेटको कानुन बनाउने निकाय हो। एमसीसी अन्तर्गत रहेको विश्व क्रिकेट समिति (डब्लुसीसी) का सदस्यहरूले एशेज सिरिजको दोस्रो टेस्ट सकिएपछि लन्डनमा बैठक बस्दै एकदिवसीय खेल घटाउन लगायत अन्य बिषयमा छलफल गरेका छन् ।

एमसीसी सदस्यहरुको बैठकमा धेरै फ्रेन्चाइज टी–२० क्रिकेटका कारण एकदिवसीय क्रिकेटको महत्व घट्दै गएको निस्कर्ष निस्केको छ । फ्रेन्चाइज क्रिकेट कायम रहने तर यसका लागि कुनै एक फर्म्याटका खेल घटाउनुपर्ने सुझाव बैठकमा दिइएको छ। "जसरी अहिले टेस्ट म्याच कम हुन्छ, यस्तो अवस्थामा एकदिवसीय म्याच पनि घटाउन सकिन्छ ।" एमसीसी सदस्यहरुले भने ।

सदस्यीय समितिका अध्यक्ष तथा इंग्ल्यान्डका पूर्व कप्तान माइक ग्याटिङ्ले भने, ‘५० ओभरको द्विपक्षीय शृङ्खला घटाउनुपर्छ, एकदिवसीय क्रिकेट घटाउँदा क्रिकेटको गुणस्तर बढ्छ । तर विश्वकप सुरु हुनुभन्दा एक वर्षअघि नै द्विपक्षीय एकदिवसीय खेल फेरि सुरु गर्नु पर्छ। यसले विश्वव्यापी क्रिकेट क्यालेन्डरमा धेरै ठाउँ खाली गर्नेछ।'

आईसीसीका महाप्रबन्धक वासिम खानले भने, ‘२०२३ देखि २०२७ सम्मको भ्रमण कार्यक्रमहरु तय भइसकेको छ । अब यसमा कुनै परिवर्तन हुने छैन। तर भविष्यमा अन्तर्राष्ट्रिय खेलहरू र टी-२० लिगहरू सँगै खेल्नुपर्नेछ।'

भारत, इङ्ल्यान्ड र अष्ट्रेलियाका क्रिकेट बोर्डहरूले फ्रेन्चाइजी क्रिकेटलाई लिएर आईसीसीसँग विगत केही महिनादेखि छलफल गरिरहेका छन् । बोर्डले आफ्ना खेलाडीले फ्रेन्चाइजी क्रिकेट खेल्नको लागि केन्द्रीय सम्झौता सम्म त्याग्न तयार रहेको बताएका छन् ।

इंग्ल्याण्डका ओपनिङ ब्याट्सम्यान जेसन रोयले युएस मेजर लिगमा खेल्नको लागि केन्द्रीय सम्झौता विस्तार गर्न अस्वीकार गरेका छन् । उही समयमा, न्यूजिल्याण्डका फास्ट बलर ट्रेन्ट बोल्टले फ्रेन्चाइजी क्रिकेटको लागि देशको केन्द्रीय सम्झौतानै लिएनन्।

आईपीएलसँगै अन्य देशको फ्रेन्चाइजी क्रिकेट पनि वर्षभरि हुने गर्छ । यी देशहरूमा आईपीएल फ्रेन्चाइजीहरूको टोली पनि छ, जसका कारण खेलाडीहरूलाई वार्षिक सम्झौतामा राख्ने खबरहरू बाहिर आउन थालेका छन्। यस प्रकारको सम्झौता भएमा अन्य धेरै खेलाडीहरूले पनि आफ्नो देशको सम्झौता छोड्न सक्छन्।

अत्याधिक फ्रेन्चाइजी क्रिकेट खेल्नु पर्ने कारण वेस्ट इन्डिजका स्पिनर सुनिल नारायणले ७५ घण्टाभित्र इङ्ल्यान्ड र अमेरिकामा टी–२० खेल खेल्ने भएका छन् । आईपीएलपछि उनी इंग्ल्याण्ड गएका थिए । उनी पछिल्लो डेढ महिनादेखि इंग्ल्याण्डमा छन् । ७ जुलाईमा उनको टोली टी–२० ब्लास्ट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको थियो, क्वार्टरफाइनलपछि नारायण अमेरिका प्रस्थान गरेका थिए ।

नारायणले १४ जुलाईमा एलए नाइट राइडर्सको टोलीबाट मेजर लिग (एमएलसी) टी–२० खेल्नेछन् । जुलाई १५ साँझ ७ बजे नरेन टी–२० ब्लास्टको सेमिफाइनल खेल्न इंग्ल्याण्ड आउने छन् । यदि उनको टोलीले सेमिफाइनल जित्यो भने, उनी फाइनल पनि खेल्ने छन्। फाइनलपछि उनी फेरि अमेरिका जानेछन् । त्यहाँ उनको टोलीले जुलाई १७ मा एमआई न्यूयोर्कको सामना गर्नेछ। यसरी नारायणले ३ दिनभित्र २ फरक महादेशको भ्रमण गरी ३ वा ४ वटा टी–२० खेल खेल्नेछन ।

 

थप समाचार :

नेपाल सम्मिलित एसिया कपमा भारतले बलियो टोली पठाउने

टोटनह्यामले सोलोमनलाई पाँच वर्षको सम्झौतामा अनुबन्ध गर्यो

एसियन एथलेटिक्स एसोसियसनको सदस्यमा राजीव विक्रम शाह निर्वाचित

अमेरिकामा मेजर लिग क्रिकेट आयोजना हुँदै

विश्व नम्बर २ जोकोभिच १२ औं पटक विम्बल्डनको सेमिफाइनलमा

भोन्ड्रोसोभा पहिलो पटक विम्बल्डनको सेमिफाइनलमा

Write A Comment

Please Login to comment.