लेख विवरण

प्रधानमन्त्री कप भलिबल : हेल्प नेपालको जित, फाइनल पुग्ने सम्भावना बलियो

प्रधानमन्त्री कप भलिबल : हेल्प नेपालको जित, फाइनल पुग्ने सम्भावना बलियो

काठमाडौँ । राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग च्याम्पियनसीपअन्तर्गत आज भएको पुरुषतर्फको खेलमा टिपटप हेल्प नेपाल विजयी भएको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा टिपटप हेल्प नेपालले विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै विजयी भएको हो ।

हेल्प नेपालले एपएिफमाथि २७–२५, २५–१७, २१–२५, २३–२५ र १६–१४ ले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै हेल्प नेपालले फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । अब लिग चरणको अन्तिम खेलमा हेल्प नेपालले शुक्रबार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

प्रतियोगितामा पुरुषतर्फ सात टोलीको सहभागिता रहेको छ भने महिलातर्फ छ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल यही असार ३० गते हुनेछ ।

 

थप समाचार :

वर्ल्ड मार्सल आर्ट्स च्याम्पियनसिपका स्वर्णधारी सुमन सम्मानित

एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक खेलकुद प्रतियोगिताको आयोजना गरिने : खेलकुदमन्त्री लिम्बू

एसीसी इमर्जिङ कप : ओमानलाई २ सय ६८ रनको लक्ष्य

एसीसी इमर्जिङ कप : बङलादेशलाई ३ सय ५० रनको लक्ष्य

पहिलो मैत्रीपुर्ण खेलमा नेपाल घरेलु टोली बङ्गलादेशसँग खेल्दै

महिला एशेज : रोमाञ्चक खेलमा इंग्ल्याण्डले अष्ट्रेलियालाई २ विकेटले हरायो

टिप्पणी लेख्नुहोस्

Please Login to comment.