Article detail

एसीसी इमर्जिङ कप : ओमानलाई २ सय ६८ रनको लक्ष्य

एसीसी इमर्जिङ कप : ओमानलाई २ सय ६८ रनको लक्ष्य

काठमाडौंँ । एसीसी इमर्जिङ एसिया कपमा अफगानिस्तानले ओमानलाई २ सय ६८ रनको लक्ष्य दिएको । कोलम्बोमा आजबाट सुरु भएको प्रतियोगिताको खेलमा टस जितेर ब्याटिङ गरेको अफागानिस्तानले ४९ ओभरमा ८ विकेट गुमाएर २ सय ६७ रन बनायो । टोलीका लागि ओपनर जुबैरुल्लाह अकबरी सर्वाधिक ७९ रन बनाए । अर्धसतक प्रहार गरेका अकबरीले ८४ बलमा १४ चौंका प्रहार गरे ।

अन्य खेलाडीहरुमा कप्तान शहिदुल्लाह कमल (४५), नूर अली जद्रान (३५), रियाज हसन (२७) र शराफुद्दीन अशरफले (२४) रन बनाए । विकेटकिपर इक्रम अलीखिल ३४ रनमा अविजत रहे । ओमानका लागि कलीमुल्लाह र आकिब इलियास सुल्हेरीले समान २-२ विकेट लिए । अहमद फय्याज बट, जय विराम ओडेदारा र रफी उल्लाहले १-१ विकेट लिए ।

एसियन क्रिकेट काउन्सील (एसीसी)ले आयोजना गरेको प्रतियोगितामा नेपालसँगै आयोजक श्रीलंका, भारत, पाकिस्तान, बङलादेश, अफगानिस्तान, युएई र ओमानका टोली रहेका छन् ।

प्रतियोगिता नेपालको समुहमा भारत, पाकिस्तान र युएई रहेका छन् । नेपालले आफ्नो पहिलो जुलाई १४ मा पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले भारतको सामना गर्नेछ । सो खेल १७ जुलाईमा हुनेछ । समूह चरणको अन्तिम खेल १९ जुलाईमा नेपालले युएईसँग खेल्नेछ । प्रतियोगिताको सेमिफाइनल २१ र फाइनल खेल २२ जुलाईमा हुनेछ ।

 

थप समाचार :

एसीसी इमर्जिङ कप : बङलादेशलाई ३ सय ५० रनको लक्ष्य

पहिलो मैत्रीपुर्ण खेलमा नेपाल घरेलु टोली बङ्गलादेशसँग खेल्दै

महिला एशेज : रोमाञ्चक खेलमा इंग्ल्याण्डले अष्ट्रेलियालाई २ विकेटले हरायो

एसीसी इमर्जिङ कपमा श्रीलंका र बङलादेश तथा अफगानिस्तान र ओमान भिड्दै

भारतविरुद्धको पहिलो टेस्टमा वेस्ट इन्डिज १५० रनमा अलआउट

भारतविरुद्धको पहिलो टेस्टमा वेस्ट इन्डिजको खराब सुरुवात, आधा टोली पवेलियन फर्कियो

 

Write A Comment

Please Login to comment.