लेख विवरण

महिला एशेज : रोमाञ्चक खेलमा इंग्ल्याण्डले अष्ट्रेलियालाई २ विकेटले हरायो

महिला एशेज : रोमाञ्चक खेलमा इंग्ल्याण्डले अष्ट्रेलियालाई २ विकेटले हरायो

काठमाडौंँ । महिला एशेज सिरिजको पहिलो खेलमा इंग्ल्याण्ड २ विकेटले विजयी भएको छ । बुधबार भएको रोमाञ्चक खेलमा इंग्ल्यान्डले २६४ रनको लक्ष्य ४८.१ ओभरमा पूरा गर्यो । एकदिवसीय क्रिकेटमा इंग्ल्यान्डको महिला टोलीले पाएको यो सबैभन्दा ठूलो लक्ष्य थियो । इंग्ल्यान्डकी कप्तान हीथर नाइटले अविजित ७५ रन को पारी खेल्दै आफ्नो टोलीलाई जित दिलाएकी थिइन् । यो प्रदर्शनका कारण उनी प्लेयर अफ द म्याच घोषित भइन् ।

पहिलो एकदिवसीय मा जित निकालेको इंग्ल्याण्डले एशेज सिरिजमा ६–६ को बराबरी गरेको छ । सिरिजमा दुई खेल बाँकी छन् । दुवै खेल जितेको टिमले एशेज जित्नेछ भने एक खेल जितेमा सिरिज बराबरीमा टुङ्गिनेछ ।

इंग्ल्यान्डले ६ वर्षपछि अस्ट्रेलियालाई एकदिवसीय खेलमा हराउन सफल भएको छ । टोलीको अन्तिम जित २९ अक्टोबर २०१७ मा कोफ्स हार्बर मैदानमा भएको थियो। त्यसपछि दुवै टोलीबीच ८ ओडीआई भयो, जसमा अस्ट्रेलियाले सबै खेल जितेको थियो ।

अस्ट्रेलियाले एकदिवसीय क्रिकेटमा २ वर्षपछि कुनै टोलीसँग हार बेहोरेको छ । यसअघि सेप्टेम्बर २०२१ मा भारतले अस्ट्रेलियालाई २ विकेटले हराएको थियो । त्यसपछि अस्ट्रेलियाले १५ एकदिवसीय खेल खेल्यो र सबैमा जित हात पार्यो ।

ब्रिस्टलस्थित काउन्टी ग्राउण्डमा टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले ८ रनको स्कोरमा कप्तान एलिसा हिलीको विकेट गुमाएको थियो । हिली ४ बलमा ८ रन बनाएर एलबिडब्लु भइन । उनीपछि फोबी लिचफिल्डले एलिस पेरीसँग ६१ रनको साझेदारी गरिन् । लिचफील्ड ३४ रन बनाएर आउट भइन्। त्यसपछि पेरीले बेथ मुनीसँग ४१ रन जोडिन्।

चौथो नम्बरमा आएकी बेथ मुनीले तहलिया म्याकग्राथ (२४) सँगै ३८ र एश्ले गार्डनर (२१ रन) सँगै ४१ रनको साझेदारी गरिन् । एनाबेल सदरल्याण्ड खाता नखोली आउट भइन् । त्यसपछि जेस जोनासेन (३०) ले मुनीसँग ५५ रनको साझेदारी गरिन् । अन्त्यमा जर्जिया वेयरह्याम १२ रनमा आउट हुँदा मेगन शट ३ रन बनाएर नटआउट रहिन् ।

बेथ मुनी ९९ बलमा ८१ रन बनाउदै अविजित रहीन् । उनले टोलीको स्कोर निर्धारित ५० ओभरमा २ सय ६३ रन बनाउन मद्दत गरिन् । इंग्ल्यान्डका लागि लरेन बेल र नताली स्किभर ब्रन्टले समान २–२ विकेट लिए । क्याट क्रस, सोफी एक्लेस्टोन, सारा ग्लेन र एलिस क्याप्सीले १–१ विकेट लिए ।

इंग्ल्यान्डले एकदिवसीय क्रिकेटमा २६४ रनको लक्ष्य कहिल्यै पूरा गर्न सकेको थिएन । सोफिया डंकली ८ रन बनाकर आउट भइन्। तेस्रो नम्बरमा आएकी एलिस क्याप्सीले टमी ब्युमोन्टसँग ७४ रनको साझेदारी गर्दै टोलीको स्कोर १०० रनभन्दा माथि पु¥याइन् । ब्युमोन्ट ४७ रनमा आउट भइन् । त्यसपछि काप्सी पनि ४० रन बनाएर आउट भइन् । काप्सी आउट हुँदा इंग्ल्यान्डको स्कोर १५.४ ओभरमा १२१ रन भएको थियो ।

पाँचौं नम्बरमा आएकी नताली स्किभर ब्रन्टले कप्तान हीथर नाइटसँग ४२ रनको साझेदारी गरिन् । ब्रन्ट ३१ रनमा आउट भइन् । उनीपछि आएकी डेनियल वायटले पनि १४ रन मात्र बनाइन् । व्याट टोलीको स्कोर १९४ रन हुँदा आउट भइन् । त्यसपछि इंग्ल्यान्डलाई ९६ बलमा ७० रन चाहिएको थियो ।

यता एउटा इन्डबाट कप्तान नाइटले सम्हालिएर ब्याटिङ गर्दै अर्धशतक पूरा गरिन् तर अन्य ब्याट्सम्यानहरू उनको अगाडि आउट हुने क्रम जारी रह्यो। एमी जोन्स २, सोफी एक्लेस्टोन ५ र सारा ग्लेनले ३ रन बनाएर आउट भए । टोलीको स्कोर १९४ मा ४ विकेटबाट २३५ मा ८ विकेट पुगेको थियो।

इंग्ल्यान्डलाई अब ३९ बलमा २९ रन चाहिएको थियो र टोलीसँग मात्र २ विकेट बाँकी थियो । त्यसपछि क्याट क्रसले ४ चौका प्रहार गर्दै २० बलमा अविजित १९ रन बनाइन् । उनीसँगै कप्तान नाइटले ८६ बलमा ७५ रन को पारी खेल्दै रोमाञ्चक खेलमा टोलीलाई २ विकेटले जिताइन् ।

यो सँगै इंग्ल्यान्डको महिला टोलीले एकदिवसीय क्रिकेटमा सबैभन्दा ठूलो लक्ष्य हासिल गर्यो । यसअघि एकदिवसीयमा इंग्ल्यान्डले २ सय ४५ रनको लक्ष्य पछ्याएको थियो । ७५ रन बनाएकी हीथर नाइट प्लेयर अफ दि म्याच घोषित भइन् ।

अस्ट्रेलियाका लागि एश्ले गार्डनरले ३ विकेट लिइन । जर्जिया वेयरह्यामले २ विकेट लिइन । एलिस पेरी, मेगन स्कट र जेस जोनासेनले समान १–१ विकेट लिए ।

जितसँगै इंग्ल्याण्डले महिला एशेज सिरिजमा स्कोर लाइन ६–६ को बराबरी गरेको छ । इंग्ल्यान्डले टी–२० सिरिज २–१ ले जितेको थियो । त्यसैले उसको ६ अंक छ । यस्तै अस्ट्रेलियाले एक टेस्ट टी–२० म्याच जितेको छ भने उसको पनि ६ अंक छ । सिरिजमा दुई एकदिवसीय खेल बाँकी छन्, दोस्रो एकदिवसीय जुलाई १६ मा र तेस्रो जुलाई १८ मा खेलाइनेछ ।

पुरुषको एशेज शृङ्खलामा ५ टेस्ट म्याचहरू ओडिआई र टी-२० भन्दा बढी महत्त्वपूर्ण हुन्छन्। जबकि महिला एशेज एक बहु ढाँचा श्रृंखला हो। जसमा दुवै देशका महिला टोलीले एक एक टेस्ट, ३ वटा एकदिवसीय र ३ वटा टी–२० खेल्नेछन् । तीनवटै शृङ्खलामा प्रत्येक खेलको महत्व हुन्छ।

 

थप समाचार :

एसीसी इमर्जिङ कपमा श्रीलंका र बङलादेश तथा अफगानिस्तान र ओमान भिड्दै

भारतविरुद्धको पहिलो टेस्टमा वेस्ट इन्डिज १५० रनमा अलआउट

भारतविरुद्धको पहिलो टेस्टमा वेस्ट इन्डिजको खराब सुरुवात, आधा टोली पवेलियन फर्कियो

एशिया कपको खेल तालिका शुक्रबार सार्वजनिक हुने !

बङ्गलादेशसँग बलदा लिने अवसर : प्रशिक्षक थापा

प्रधानमन्त्री कप : हेल्प नेपाल र त्रिभुवन आर्मी क्लबको चौथो जित

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.