एसीसी इमर्जिङ कपमा श्रीलंका र बङलादेश तथा अफगानिस्तान र ओमान भिड्दै
काठमाडौं । श्रीलंकाको राजधानी कोलम्बोमा आजबाट एसीसी इमर्जिङ कप सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंका ए र बङलादेश ए तथा अफगानिस्तान ए र ओमान ए भिड्दै छन ।
पहिलो खेलमा आयोजक श्रीलंकाले टस हारेर ब्याटिङ गरिरहेको छ भने, अर्को खेलमा अफगानिस्तानले टस जितेर ब्याटिङ गरिरहेको छ । खेलहरु कोलम्बो क्रिकेट क्लब मैदान र सिंहली स्पोर्ट्स क्लबमा भइरहेको छ ।
एसियन क्रिकेट काउन्सील (एसीसी)ले आयोजना गरेको प्रतियोगितामा नेपालसँगै आयोजक श्रीलंका, भारत, पाकिस्तान, बङलादेश, अफगानिस्तान, युएई र ओमानका टोली रहेका छन् ।
प्रतियोगिता नेपालको समुहमा भारत, पाकिस्तान र युएई रहेका छन् । नेपालले आफ्नो पहिलो जुलाई १४ मा पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेलमा नेपालले भारतको सामना गर्नेछ । सो खेल १७ जुलाईमा हुनेछ । समूह चरणको अन्तिम खेल १९ जुलाईमा नेपालले युएईसँग खेल्नेछ । प्रतियोगिताको सेमिफाइनल २१ र फाइनल खेल २२ जुलाईमा हुनेछ ।
नेपाली टोली : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, पवन सरार्फ, देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि।सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ ।
थप समाचार :
भारतविरुद्धको पहिलो टेस्टमा वेस्ट इन्डिज १५० रनमा अलआउट
भारतविरुद्धको पहिलो टेस्टमा वेस्ट इन्डिजको खराब सुरुवात, आधा टोली पवेलियन फर्कियो
एशिया कपको खेल तालिका शुक्रबार सार्वजनिक हुने !
बङ्गलादेशसँग बलदा लिने अवसर : प्रशिक्षक थापा
प्रधानमन्त्री कप : हेल्प नेपाल र त्रिभुवन आर्मी क्लबको चौथो जित
अन्तर्राष्ट्रिय खेलबाट सन्यासबारे अझै सोचेको छैन : मेस्सी
Write A Comment