लेख विवरण

मुख्यमन्त्री पाण्डेद्वारा भानु कपको उद्घाटन

मुख्यमन्त्री पाण्डेद्वारा भानु कपको उद्घाटन

दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँको भानु नगरपालिका–१ भन्सारमा आयोजित राष्ट्रियस्तरको ‘नाइन ए साइड फुटबल’ प्रतियोगिताको आज उद्घाटन गरेका छन् ।

दुई सय दशौँ भानु जयन्तीका अवसरमा भन्सार युवा परिवार, भीमसेन युवा क्लब र सालबिस्ने युवा क्लबको संयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो । सो अवसरमा मुख्यमन्त्री पाण्डेले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै खेलका कारण नेपाल विश्वमाझ चिनिन सफल भएको उल्लेख गरे । उनले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई साहित्यिक धामका रुपमा विकास गरिने बताए ।

साउन ६ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । यो जिल्लाकै सर्वाधिक राशि पुरस्कार भएको प्रतियोगिता हो । प्रतियोगितामा प्रथम हुनेलाई रु दुई लाख २५ हजार दुई सय १० नगद पुरस्कार प्रदान गरिने भीमसेन युवा क्लवका सदस्य सन्दीप श्रेष्ठले जानकारी दिए ।

त्यस्तै द्वितीय हुनेलाई रु एक लाख १२ हजार दुई सय १० र तृतीय हुनेलाई रु २० हजार दुई सय १० नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु पाँच हजार दुई सय नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा ३२ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा तनहुँका अतिरिक्त कास्की, गोरखा, चितवनलगायतका जिल्लाबाट टोलीको सहभागिता रहेको छ ।

सोही अवसरमा आयोजित छेलो प्रतियोगितामा प्रथम हुनेलाई रु पाँच हजार दुई सय दश र बाघचालतर्फ प्रथम हुनेलाई रु पाँच हजार दुई सय १० नगद प्रदान गरिनेछ ।

 

थप समाचार :

स्वर्ण जित्ने कराते खेलाडीलाई एक लाख पुरस्कार

बागमती प्रदेश हाप्किडो संघमा गुरुङ

एसिसी इमर्जिङ कप : नेपाल पाकिस्तानसँग पराजित

प्रधानमन्त्री कप भलिबल : हेल्प नेपालको जित, फाइनल पुग्ने सम्भावना बलियो

वर्ल्ड मार्सल आर्ट्स च्याम्पियनसिपका स्वर्णधारी सुमन सम्मानित

एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक खेलकुद प्रतियोगिताको आयोजना गरिने : खेलकुदमन्त्री लिम्बू

टिप्पणी लेख्नुहोस्

Please Login to comment.