एसियाली जुनियर टेटेमा पाँच खेलाडी सहभागी हुने
काठमाडौँ । कतारको दोहामा हुने २५औँ एसियाली जुनियर टेबलटेनिस प्रतियोगितामा नेपालबाट पाँच खेलाडी सहभागी हुने भएका छन् । यही असार ३१ देखि साउन ६ गतेसम्म हुने उक्त प्रतियोगितामा ३ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुष खेलाडीमा सुजन गडाल, विशाल गोले र घनन्जय दाहाल छन् भने महिलामा शुभश्री श्रेष्ठ र सुस्मिता खड्का रहेका छन् । प्रशिक्षकमा मोहनदास बासुकला रहने छन् । अम्पायरमा तेजेन्द्रसिंह महरा र नरेश रावल रहेका छन् । नेपाली टोली भोलि कतार प्रस्थान गर्दैछ ।
थप समाचार :
यश धुलको शतकमा भारतले युएईलाई हरायो
टेबलटेनिस खेलाडीलाई सम्मान तथा बिदाइ
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम नयाँ आर्थिक वर्षबाट अघि बढ्ने
साइक्लिङ च्यालेन्जमा विदेशीसहित ६०० को सहभागिता हुने

टिप्पणी लेख्नुहोस्