लेख विवरण

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम नयाँ आर्थिक वर्षबाट अघि बढ्ने

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम नयाँ आर्थिक वर्षबाट अघि बढ्ने

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नयाँ आर्थिक वर्षबाट चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढ्ने बताएका छन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बिहीबार बोल्दै उनले यस्तो बताएका हुन् । उनले नयाँ आर्थिक वर्षबाट धुर्मुस-सुन्तली फाउण्डेशनले सरकारको तर्फबाट दिने भनिएको १२ करोड रुपियाँ अनुदान पाउने र सोही अनुसार रङ्गशाला निर्माणको काम पनि अघि बढ्ने बताए ।

उनले यसअघि नै सरकारले १२ करोड रुपैयाँ रङ्गशाला निर्माणका लागि फाउण्डेशनलाई दिने भनिएपनि कानुनी झन्झटका कारण हुन नसकेको र आगामी आर्थिक वर्षबाट रङ्गशाला निर्माणको कामले गति लिने बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला कुनै एक व्यक्तिले निर्माण गर्नसक्ने स्थिति नरहेको भएपनि निर्माण गर्न अघि सर्ने बेलामा सबैले हाइहाइ गर्दा अहिलेको अवस्था भोग्नुपरेको बताए । उनले अहिलेको रङ्गशालाको समस्यालाई सकारात्मक रूपमा लिएको र आगामी दिनमा रङ्गशाला निर्माणको कामले गति लिने बताए ।

उनले भने, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाको कुरा छ, धुर्मुस सुन्तली फाउण्डेशनले सुरु गरेको रङ्गशाला, सुरु गर्ने बेलामा सबैले हाइहाइगरे, तर पछि समस्या आयो । एउटा मान्छेले तीन, साढे तीन अर्बको रङ्गशाला बनाउँछ भनेर कसरी सकिन्छ ? त्यो बेला नै हो सक्दैन भनेको भए हुनेथ्यो । हामीले हौसिएर ताली पिट्ने काम ग¥यौँ । मैले मन्त्रालयको तर्फबाट अहिलेका यो समस्यालाई सकारात्मक रूपमा लिनेछु । क्याबिनेटले राष्ट्रिय खेलकुद परिषद्मा रहेको २२ करोड रकममध्ये १२ करोड रुपियाँ धुर्मुस-सुन्तली फाउण्डेशनलाई अनुदान दिने भन्ने निर्णय गरेको थियो । निर्णय मन्त्रालयमा आइसकेपछि मन्त्रालयले कार्यान्वयन गर्न राष्ट्रिय खेलकुद परिषद्मा पठायो, परिषद्मा २ लाख भन्दा बढी अनुदान दिने विनियमावलीमा नसक्ने रहेछ ।’’

उनले भने, ‘‘कसरी दिने त भनेर त्यो गराउन नसक्ने भइसकेपछि कसरी गराउने भनेर अन्तिम चरणमा राखेपले नियमावली संशोधन गर्नुपर्ने भयो । त्यसको लागि महिनौँ लाग्ला भनेर थप निर्णय गरेर महानगरपालिकालाई रकमान्तर गरेर पैसा पठाएपछि खर्च हुनसक्छ भन्ने भयो, त्यसरी प्रक्रिया बढीसकेपछिअसार मसान्तसम्म २२ करोड पैसा खर्च गर्न नसकिने भएपछि हामीले समर्पण भन्ने व्यवस्था गरेर २२ करोड रुपियाँ फर्किएर गयो । यो धुर्मुस-सुन्तली फाउण्डेशनले सुरु गरेको गौतमबुद्ध बनाउनका लागि नै खर्च गर्नुपर्ने अवस्था त्यहाँबाट गर्नुपर्नेछ । क्याबिनेटबाट निर्णय भइसकेको पनि छ, यो ठिक कुरामा कुरा उठेको छ, हामीबाट खर्च गर्न नसकेर उता समर्पण भएको, सम्भवतः नयाँ आर्थिक वर्षबाट फाउण्डेशनले पाउँछ र काम अघि बढ्छ ।’’

मन्त्री लिम्बूले नयाँ आर्थिक वर्षबाट फाउण्डेशनले सरकारले घोषणा गरेको रकम पाउने बताए ।

 

थप समाचार :

साइक्लिङ च्यालेन्जमा विदेशीसहित ६०० को सहभागिता हुने

मुख्यमन्त्री पाण्डेद्वारा भानु कपको उद्घाटन

स्वर्ण जित्ने कराते खेलाडीलाई एक लाख पुरस्कार

बागमती प्रदेश हाप्किडो संघमा गुरुङ

एसिसी इमर्जिङ कप : नेपाल पाकिस्तानसँग पराजित

प्रधानमन्त्री कप भलिबल : हेल्प नेपालको जित, फाइनल पुग्ने सम्भावना बलियो

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.