Article detail

एसीसी इमर्जिङ एसिया कप : नेपालले सोमबार भारतको सामना गर्दै

एसीसी इमर्जिङ एसिया कप : नेपालले सोमबार भारतको सामना गर्दै

काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले सोमबार भारत ‘ए’ को सामना गर्दैछ ।

प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग पराजित भएको थियो । पाकिस्तानसामु कमजोर देखिएको नेपाललाई भारतलाई पन्छाउन सक्नु ठूलो चुनौती हुनेछ ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग चार विकेटले पराजित भएको थियो । नेपालले दिएको एक सय ८० रनको लक्ष्य पाकिस्तानले ३२.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो ।

प्रतियोगिताको समूह ‘बी’ मा नेपालसँगै पाकिस्तान ‘ए’, भारत ‘ए’ र संयुक्त अरब इमिरेट्स (युएई) रहेको छ । यस्तै समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र ओमान रहेका छन् । एसियाका आठ टोली सहभागि प्रतियोगितामा राष्ट्रिय टोली खेलाउने नेपाल एक्लो देश हो । अन्य देशले युवा खेलाडीलाई मौका दिएका छन् ।

नेपालले तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल जुलाई २३ तारिख हुनेछ । यस प्रतियोगिताको कुनै पनि खेललाई एक दिवसीय मान्यता रहेको छैन ।

नेपालले यस प्रतियोगितालाई एसिया कपको तयारीको रुपमा लिएको छ । एसिया कप आगामी अगष्ट–सेप्टेम्बरमा पाकिस्तान र श्रीलङ्कामै हुनेछ । एसिया कपमा नेपाल, भारत र पाकिस्तान एउटै समूह ‘ए’ मा छन् ।

समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछ । सुपर चारको शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

नेपाली टोली : रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, देव खनाल, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जिसी, ललितनारायण राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ ।

 

थप समाचार :

स्की सङ्घमा श्रेष्ठकै निरन्तरता

दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले बङ्गलादेशलाई हरायो

डेभिड बेकह्यामको क्लब मियामीमा अनुबन्धित भए मेस्सी

एनआरएस स्पोर्टस फाउन्डेसनद्धारा धावकहरुका लागि प्रशिक्षण सन्चालन

राष्ट्रिय टोलीका कप्तान हरिहजुर थापा बर्खास्त

Write A Comment

Please Login to comment.