एसीसी इमर्जिङ एसिया कप : अर्जुन शुन्य रनमा आउट
काठमाडौँ । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले बुधबार (आज) संयुक्त अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । कोलम्बोको पी सारा ओभलमा टस हारेर बलिङ गरेको नेपालले जितका लागि १ सय ५८ रनको लक्ष्य पाएको छ ।
लक्ष्य पछ्याएको नेपालले खेलको पहिलो ओभरको पहिलो बलमै विकेट गुमाएको छ । ओपनर अर्जुन साउद मुहम्मद जावदुल्लाहको बलमा शुन्य रनमै एलबीडब्लु भएका छन् ।
टस जितेर ब्याटिङ गरेको युएईले ४४ ओभरमा अलआउट हुँदै १ सय ५७ रन बनाएको थियो । युएईलाई रोक्ने क्रममा नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ४० रन खर्चे । त्यस्तै टोलीका लागि लिस्ट ए क्रिकेटमा डेब्यु गरेका मौसम ढकालले २ विकेट लिए । कुशल मल्ल र पवन सर्राफले समान १-१ विकेट लिए ।
युइएका लागि ओपनर लवप्रीत सिंहले अर्धसतकीय पारी खेल्दै ५२ रन बनाए । इथान डिसुजा (१८), अश्वन्त वल्थापा (१६), आर्यन शर्मा (१४) र जश ज्ञानानीले (१३) रन बनाए । नेपालका बलरहरुले युएइका ६ खेलाडीलाई दोहरो अंकमा रन बनाउन दिएनन । १ सय ५८ रनको लक्ष्य पाएको नेपालले ब्याटिङ गर्दैछ ।
थप समाचार :
एसीसी इमर्जिङ एसिया कप : युएईले नेपाललाई दियो १ सय ५८ रनको लक्ष्य
मेस्सीको मिलामीमा भएको पहिलो अभ्यास खेलका झलकहरु (फोटोफिचर)
एसीसी इमर्जिङ एसिया कप : नेपाल टस हारेर बलिङ गर्दै
कुस्ती महासंघका अध्यक्षलाई यौन उत्पीडन मुद्दामा अन्तरिम जमानत

टिप्पणी लेख्नुहोस्