लेख विवरण

एसीसी इमर्जिङ एसिया कपमा नेपालको पहिलो जित, युएईलाई ३ विकेटले हरायो

एसीसी इमर्जिङ एसिया कपमा नेपालको पहिलो जित, युएईलाई ३ विकेटले हरायो

काठमाडौंँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पहिलो जित निकालेको छ । श्रीलंकामा जारी प्रतियोगिता अन्तर्गत समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले बुधबार (आज) संयुक्त अरव इमिरेट्स (युएई) ३ विकेटले पराजित गरेको हो । नेपालको जितमा ओपनर कुशल मल्लले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरे । खेलको प्लेयर अफ द म्याच बनेका भुर्तेलले ६ विकेट लिनुका साथै ७१ रन पनि बनाए ।

युएई दिएको १ सय ५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । टोलीको जितमा कुशलसँगै देव खनाल र सन्दीप जोराले समान २४-२४ रनको योगदान दिए । गुलशन झा (११), रोहित पौडेलले (९) रन बनाउदा प्रतिश जिसी ८ र कुशल मल्ल २ रनमा अविजित रहे । युएईका लागि मोहम्मद फराजउद्दीन ५ तथा मुहम्मद जावदुल्लाहले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको युएईले ४४ ओभरमा अलआउट हुँदै १ सय ५७ रन बनाएको थियो । टोलीका लागि ओपनर लवप्रीत सिंहले अर्धसतकीय पारी खेल्दै ५२ रन बनाए । इथान डिसुजा (१८), अश्वन्त वल्थापा (१६), आर्यन शर्मा (१४) र जश ज्ञानानीले (१३) रन बनाए । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ४० रन खर्चे । त्यस्तै टोलीका लागि लिस्ट ए क्रिकेटमा डेब्यु गरेका मौसम ढकालले २ विकेट लिए । कुशल मल्ल र पवन सर्राफले समान १-१ विकेट लिए ।

 

थप समाचार :

एसीसी इमर्जिङ एसिया कप : अर्जुन शुन्य रनमा आउट

एसीसी इमर्जिङ एसिया कप : युएईले नेपाललाई दियो १ सय ५८ रनको लक्ष्य

मेस्सीको मिलामीमा भएको पहिलो अभ्यास खेलका झलकहरु (फोटोफिचर)

एसीसी इमर्जिङ एसिया कप : नेपाल टस हारेर बलिङ गर्दै

कुस्ती महासंघका अध्यक्षलाई यौन उत्पीडन मुद्दामा अन्तरिम जमानत

किरण थप एक वर्षका लागि पञ्जाव एफसीमा अनुबन्ध

टिप्पणी लेख्नुहोस्

Please Login to comment.