नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
काठमाडौंँ । जिम्बावेमा भएको आइसिसी विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएका छन् ।
प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाबे, वेस्टइन्डिज र नेदरल्यान्डसँग पराजित भएको थियो भने नेपालले अमेरिकालाई पराजित गरेको थियो ।
प्लेअफ खेलमा नेपालले युएईलाई हराएको थियो । नेपाल आयरल्यान्डसँग पराजित हुँदै आठौँ स्थानमा प्रतियोगिता टुङ्ग्याएको थियो । विश्वकप छनोटमा विभिन्न १० टोली सहभागी थिए । नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
थप समाचार :
नेपाली टोलीलाई जनही ५० हजार पुरस्कार दिने क्यानको घोषणा
सन्दीप र दिपेन्द्रले एसीसी इमर्जिङ टिम एसिया कप गुमाउने
एसिसी इमर्जिङ कपअन्तर्गत नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने

टिप्पणी लेख्नुहोस्