लेख विवरण

आर आर भलिबल कपको उपाधि नेपाल कमर्श क्याम्पसलाई

आर आर भलिबल कपको उपाधि नेपाल कमर्श क्याम्पसलाई

काठमाडौँ । अनेरास्ववियु आर आर क्याम्पस कमिटीले आयोजना गरेको प्रथम अनेरास्ववियु आर आर भलिबल कप–२०८० को उपाधि नेपाल कमर्श क्याम्पस काठमाडौँले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा न्युटन कलेजलाई ४–१ ले पराजित गर्दै नेपाल कमर्श क्याम्पसले उपाधि हात पारेको हो । उपाधिसँगै नेपाल कमर्श क्याम्पसले नगद एक लाख जित्यो । दोस्रो हुने न्युटन कलेजले ५० हजारमा चित्त बुझायो ।

त्यस्तै, त्रिचन्द्र क्याम्पसले बझाङको जयपृथ्वी बहुमुखी क्याम्पसलाई सोझो सेटमा पराजित गर्दै तेस्रो भयो । नेपालभरका २५ वटा क्याम्पसको सहभागितामा भएको प्रतियोगितामा विजयी खेलाडीलाई अनेरास्ववियुका पूर्व अध्यक्ष ऐन महरले पुरस्कार वितरण गरे । असार १८ देखि भएको प्रतियोगितालाई आगामी वर्षसमेत निरन्तरता दिने र पुरस्कार राशिलाई दोब्बर बनाउने अनेरास्ववियु आरआर क्याम्पसका अध्यक्ष लोकेश खड्काले जानकारी दिए ।

 

थप समाचार :

नेपाली फ्यानले विशेष तरिकाले मनाए क्याप्टेन कुलको जन्मदिन

बंगलादेशलाई पराजित गर्दै अफगानिस्तानले जित्यो एकदिवसीय सिरिज

अफगानिस्तानले बनायो ठूलो कीर्तिमान

विश्वकपबारे निर्णय गर्न प्रधानमन्त्रीद्वारा उच्चस्तरीय समिति गठन

टिप्पणी लेख्नुहोस्

Please Login to comment.