लेख विवरण

भ्याली फुटसल च्याम्पियनसिपको उपाधि ललितपुर महानगरपालिकालाई

भ्याली फुटसल च्याम्पियनसिपको उपाधि ललितपुर महानगरपालिकालाई

काठमाडौँ । नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भएको भ्याली फुटसल च्याम्पियनसिपको उपाधि ललितपुर महानगरपालिकाले जितेको छ । काठमाडौँ उपत्यकाको २२५ टिमको सहभागितामा रहेको प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकालाई ७–२ को गोल अन्तरतले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो ।

कपनस्थित कपन स्पोट्स सेन्टरमा भएको फाइनल खेलमा ललितपुर महानगरले दुई लाख नगद र ट्रफी हात पार्‍यो । गोकर्णेश्वरले एक लाख प्राप्त गरेको युवा सङ्घका प्रवक्ता निरोज पौडेलले जानकारी दिए ।

ललितपुरलाई उपाधि दिलाउन मनिस खड्का एक्लैले ६ गोल गरे । सुयोग थापाको नाममा एक गोल रह्यो । गोकर्णेश्वरका लागि सागर थिङ र सरोज थिङ एक–एक गोल गर्नुभयो । पहिलो हाफमा ललितपुरलाई २–२ गोलको बराबरीमा रोकेको गोकर्णेश्वर दोस्रो हाफमा सम्हालिन नसक्दा उपाधि चुम्न सकेन । दोस्रो हाफमा ललितपुरले एकलौटी पाँच गोल गरेको थियो ।

प्रतियोगिताका विजेता र उपविजेता टोलीका खेलाडी एवं अफिसियलहरुलाई आयोजक राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबे लगायत पदाधिकारीहरूले पुरस्कार वितरण गरेका थिए ।

 

थप समाचार :

आर आर भलिबल कपको उपाधि नेपाल कमर्श क्याम्पसलाई

नेपाली फ्यानले विशेष तरिकाले मनाए क्याप्टेन कुलको जन्मदिन

बंगलादेशलाई पराजित गर्दै अफगानिस्तानले जित्यो एकदिवसीय सिरिज

अफगानिस्तानले बनायो ठूलो कीर्तिमान

टिप्पणी लेख्नुहोस्

Please Login to comment.