लेख विवरण

एनभिए महिला तथा पुरुष क्लब लिग : न्यू डायमन्ड, पुलिस र एपिएफ बिजयी

एनभिए महिला तथा पुरुष क्लब लिग : न्यू डायमन्ड, पुलिस र एपिएफ बिजयी

काठमाडौँ । राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा न्यू डायमन्ड स्पोर्टस क्लब विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा आज भएको खेलमा न्यू डायमन्डले एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

न्यू डायमन्डले एभरेस्ट क्बललाई खेलको पहिलो सेट २५-१७ ले आफ्नो पक्षमा पा¥यो भने खेलको दोस्रो सेट २५-१२ ले जित्यो । त्यस्तै खेलको अन्तिम सेट न्यु डायमन्डले २५-१२ ले पक्षमा पार्दै विजयी हासिल ग¥यो ।

न्यू डायमन्डले प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको हो । हिजो भएको आफ्नो पहिलो खेलमा न्यू डायमन्डले गण्डकी प्रदेशलाई पराजित गरेको थियो । यता पराजित एभरेस्टको भने यो लगातार दोस्रो हार हो । हिजो भएको पहिलो खेलमा एभरेस्ट विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।

त्यसैगरी आजै भएको महिलातर्फको अर्को खेलमा नेपाल एपिएफ क्लबले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै विजयी भयो । एपिएफले गण्डकी प्रदेशमाथि २५-१२, २५-१८ र २५-८ ले पराजित गर्दै विजयी भएको हो ।

सोही स्पर्धाको अर्को खेलमा विभागीय टोली नेपालले पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । पुलिसले आर्मीलाई २५-१८, २५-१२ र २५-१८ ले खेल आफ्नो पक्षमा पारेको छ ।

 

थप समाचार :

मकवानपुर जिल्ला क्रिकेट संघद्धारा सदस्यता नवीकरण तथा नयाँ सदस्यताका लागि आव्हान

कर्णाली प्रदेशमा रङ्गशाला निर्माणको प्रगति ६० प्रतिशत

एसीसी इमर्जिङ कप खेल्ने नेपाली टोली श्रीलंका प्रस्थान

एसीसी इमर्जिङ कपमा आरिफको ठाँउमा पवन

राष्ट्रिय भलिबल क्लब लिगमा आर्मीको दोस्रो जित

टिप्पणी लेख्नुहोस्

Please Login to comment.