भोन्ड्रोसोभा पहिलो पटक विम्बल्डनको सेमिफाइनलमा
काठमाडौंँ । चेक गणतन्त्रकी मार्का भोन्ड्रोसोभाले अमेरिकाकी जेसिका पेगुलालाई ६-४, २-६, ६-४ को सेटमा पराजित गर्दै पहिलो पटक विम्बल्डनको सेमिफाइनलमा प्रवेश गरेकी छन् । २४ वर्षीया भोन्ड्रोसोभाले यसअघि चार पटक मात्रै ग्रास कोर्ट ग्रान्डस्लाम खेलेकी थिइन् । यसअघिको उनको उत्कृष्ट प्रदर्शन सन् २०२१ को तेस्रो ग्रान्डस्लाममा दोस्रो चरणमा पुग्नु थियो। भोन्ड्रोसोभा चेक गणतन्त्रबाट विम्बल्डनको सेमिफाइनल पुग्ने छैटौं महिला खेलाडी बनेकी छन् ।
यसअघि चेक गणतन्त्रका लागि पेट्रा क्विटोभा, जना नोवोत्ना, कारोलिना प्लिस्कोभा, लुसी सफारोभा र बारबोरा स्ट्राइकोभाले सेमिफाइनल यात्रा तय गरेकी थिइन् ।
चौथो वरीयता प्राप्त र महिला एकल ट्रफीको दाबेदार रहेकी पेगुलाले पहिलो सेटमा भोन्ड्रोसोभालाई सजिलै पराजित गरिन्। तर, दोस्रो सेट भोन्ड्रोसोभाले खेलमा पुनरागमन गर्दै जितिन् । तेस्रो सेटमा अमेरिकी खेलाडी पेगुला भोन्ड्रोसोभामाथी हावी हुँदै खेलमा ४–१ को अग्रता लिइन । तर छैटौं गेममा पेगुलाले एक अंक घटाउन पुगिन र त्याहाबाट भोन्ड्रोसोभा खेलमा फर्किन् । भोन्ड्रोसोभाले त्यसपछिको सबै खेलहरूमा कब्जा गरिन् र फोरह्यान्ड विजेताको साथ खेल जितिन् ।
थप समाचार :
तेस्रो एकदिवसीयमा जित निकाल्दै बंगलादेशले बचायो लाज
रङ्गशाला निर्माणका लागि भारतबाट विस्तृत परियोजना प्रतिवेदन माग
सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न सक्दैन : खेलकुदमन्त्री
नवीन अर्यालद्वारा लिखित ‘नेपाली खेलकुदको वृत्तान्त’ पुस्तक सार्वजनिक

टिप्पणी लेख्नुहोस्