लेख विवरण

अमेरिकामा मेजर लिग क्रिकेट हुँदै

अमेरिकामा मेजर लिग क्रिकेट हुँदै

काठमाडौंँ । अमेरिकामा मेजर लिग क्रिकेट आयोजना हुँदैछ । यो अमेरिकाको पहिलो टि २० लिग हो, जहाँ विश्वका चर्चित खेलाडीहरूले भाग लिनेछन्। लिग आयोजना गर्नुको मुख्य उदेश्य अमेरिकामा क्रिकेट खेललाई प्रवर्द्धन गर्नु रहेको छ । सन् २०२४ को टी–२० विश्वकप वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने भएको छ । यस्तो अवस्थामा यो लिग विश्वकपको दृष्टिकोणले पनि निकै महत्वपूर्ण रहेको छ । लिगमा कुल ६ टोलीको सहभागिता रहनेछ ।

शुक्रबार डलासमा हुने टेक्सास सुपर किंग्स र लस एन्जलस नाइट राइडर्सबीचको उद्घाटन खेलसँगै लिगको सुरुवात हुनेछ । प्रतियोगिताको ६ टोलीमा विश्वका चर्चित क्रिकेटरहरूका साथै अमेरिकी खेलाडीहरू पनि रहेका छन्। यी ६ टोलीबीच कुल १८ खेल हुनेछ । प्रतियोगिताको फाइनल जुलाई ३० मा हुनेछ । प्रतियोगिताको ११ खेल डलासमा र बाँकी ७ खेल नर्थ क्यारोलिनामा हुनेछ। पहिलो खेलका सबै ७ हजार २ सय टिकट बिक्री भइसकेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा छ टोलीहरूमा लस एन्जलस नाइट राइडर्स, न्यूयोर्क मुम्बई इन्डियन्स, सान फ्रान्सिस्को युनिकोर्न, सिएटल ओर्कास, टेक्सास सुपर किंग्स र वाशिंगटन फ्रीडम छन्। अधिकांश टोलीमा अमेरिकामा रहेका भारतीयहरुको स्वामित्व छन्। लिगमा अफगानिस्तानका स्टार स्पिनर राशिद खान, दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस, क्विन्टन डी कक, डेभिड मिलर, वेस्ट इन्डिजका आन्द्रे रसेल, केरोन पोलार्ड र ड्वेन ब्राभो, अष्ट्रेलियाका मार्कस स्टोइनिस, आरोन फिन्च, इङ्ल्यान्डका जेसन रोय र लिआम रहेका छन् । प्लन्केट, श्रीलंकाका दासुन शानाका र न्यूजिल्याण्डका ट्रेन्ट बोल्ट पनि प्रतियोगितामा खेल्ने छन्। लिगको पहिलो खेल जुलाई १४ मा नेपाली समय अनुसार बिहान ६ः१५ बजेबाट सुरु हुनेछ ।

 

थप समाचार :

विश्व नम्बर २ जोकोभिच १२ औं पटक विम्बल्डनको सेमिफाइनलमा

भोन्ड्रोसोभा पहिलो पटक विम्बल्डनको सेमिफाइनलमा

तेस्रो एकदिवसीयमा जित निकाल्दै बंगलादेशले बचायो लाज

रङ्गशाला निर्माणका लागि भारतबाट विस्तृत परियोजना प्रतिवेदन माग

सरकार एक्लैले खेलकुद क्षेत्रको विकास गर्न सक्दैन : खेलकुदमन्त्री

नवीन अर्यालद्वारा लिखित ‘नेपाली खेलकुदको वृत्तान्त’ पुस्तक सार्वजनिक

टिप्पणी लेख्नुहोस्

Please Login to comment.