लेख विवरण

भारतविरुद्धको पहिलो टेस्टमा वेस्ट इन्डिजको खराब सुरुवात, आधा टोली पवेलियन फर्कियो

भारतविरुद्धको पहिलो टेस्टमा वेस्ट इन्डिजको खराब सुरुवात, आधा टोली पवेलियन फर्कियो

काठमाडौंँ । भारतविरुद्धको पहिलो टेस्टमा वेस्ट इन्डिजले खराब सुरुवात गरेको छ । डोमिनिकाको विन्डसर पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ५ विकेटको क्षतिमा १०५ रन बनाएको छ । टोलीका लागि डेब्यु गरेका एलियाक एथनस र जेसन होल्डर अहिले क्रिजमा छन् ।

वेस्ट इन्डिजका जोशुआ दा सिल्वा २ रन बनाकर आउट भए । उनलाई इशान किशनको हातबाट रविन्द्र जडेजाले क्याच आउट गराए । जडेजाको यो दोस्रो विकेट हो । उनले जर्मेन ब्लैकवुडलाई पनि आउट गरेका थिए।

यसअघि शार्दुल ठाकुरले रेमन रिफर लाई इशान किशनको हातबाट क्याच आउट गराएका थिए । रविचन्द्रन अश्विनले कप्तान क्रेग ब्रेथवेट र तेजनारायण चन्द्रपालको विकेट लिए ।

लन्च अघिको खेलको पहिलो सेसनमा भारतीय बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । यो सेसनमा वेस्ट इन्डिजले ६८ रनमा चार विकेट गुमाएको थियो । कप्तान क्रेग ब्रेथवेटले २०, जर्मेन ब्ल्याकवुडले १४, रेमन रिफरले २ र तेजनारायण चन्द्रपालले १२ रन बनाएर आउट भए । बलिङतर्फ रविचन्द्रन अश्विनले २ विकेट लिए । रविन्द्र जडेजा र शार्दुल ठाकुरले समान १–१ विकेट लिए ।

पहिलो खेलमा भारतका कप्तान रोहित शर्माले दुई युवा खेलाडीलाई टेस्टमा डेब्यु गर्ने मौका दिएका छन् । उनले यशस्वी जयसवाल र इशान किशनलाई मौका दिएका छन् । वेस्ट इन्डिजको तर्फबाट एलिक एथ्नोजले डेब्यु गर्ने मौका पाएका छन् ।

भारतीय टोलीको प्लेइङ ११ : रोहित शर्मा (कप्तान), यशस्वी जायसवाल, शुभमन गिल, विराट कोहली, अजिंक्य रहाणे, इशान किशन, रविंद्र जडेजा, रविचंद्रन अश्विन, मोहम्मद सिराज, जयदेव उनादकट र शार्दुल ठाकुर।

वेस्ट इन्डिजको प्लेइङ ११ : क्रेग ब्राथवेट (कप्तान), तेजनारिन चन्द्रपल, जर्मेन ब्ल्याकवुड, रेमन रेफर, एलिक एथनोज, रहकीम कोर्नवाल, जोशुआ दा सिल्भा (विकेटकीपर), केमार रोच, जेसन होल्डर, अल्जारी जोसेफ र जोमेल वारिकन।

 

थप समाचार :

एशिया कपको खेल तालिका शुक्रबार सार्वजनिक हुने !

बङ्गलादेशसँग बलदा लिने अवसर : प्रशिक्षक थापा

प्रधानमन्त्री कप : हेल्प नेपाल र त्रिभुवन आर्मी क्लबको चौथो जित

अन्तर्राष्ट्रिय खेलबाट सन्यासबारे अझै सोचेको छैन : मेस्सी

अखिल नेपाल कबड्डी सङ्घमा थापा

वादोरियो करातेमा केसीकै निरन्तरता

टिप्पणी लेख्नुहोस्

Please Login to comment.