लेख विवरण

बागमती प्रदेश हाप्किडो संघमा गुरुङ

बागमती प्रदेश हाप्किडो संघमा गुरुङ

काठमाडौंँ । नेपाल हाप्किडो संघ, बागमती प्रदेशको अध्यक्षमा मनोज गुरुङ निर्वाचित भएका छन् । बिहिवार काठमाडौंमा भएको बागमती प्रदेश स्तरीय भेलाले गुरुङको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।

संघको उपाध्यक्षमा मन्दिरा शाक्य र दावा दोर्जे योन्जन, सचिवमा सुदिप तमाङ, कोषाध्यक्षमा रेलिमाई गुरुङ तथा सदस्यमा मिङमार नोर्वु तमाङ र अरुण खत्री के. सी. रहेका छन् ।

नेपाल हाप्किडो संघका केन्द्रिय अध्यक्ष कालीबहादुर घर्ती मगरको अध्यक्षता तथा प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका बोर्ड सदस्य हिक्मत थपलियाको प्रमुख आतिथ्यता कार्यक्रम भएको थियो । कार्यक्रममा बिभिन्न जिल्लाका प्रतिनिधी, प्रशिक्षक र खेलाडीहरुको उपस्थिती रहेको थियो ।

 

थप समाचार :

एसिसी इमर्जिङ कप : नेपाल पाकिस्तानसँग पराजित

प्रधानमन्त्री कप भलिबल : हेल्प नेपालको जित, फाइनल पुग्ने सम्भावना बलियो

वर्ल्ड मार्सल आर्ट्स च्याम्पियनसिपका स्वर्णधारी सुमन सम्मानित

एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक खेलकुद प्रतियोगिताको आयोजना गरिने : खेलकुदमन्त्री लिम्बू

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.