लेख विवरण

दोस्रो खेलमा स्पष्ट जित निकाल्ने योजनामा नेपाल

दोस्रो खेलमा स्पष्ट जित निकाल्ने योजनामा नेपाल

काठमाडौं । नेपाल र बङ्गलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल आइतबार हुनेछ । पहिलो खेलमा इन्जुरी समयमा गोल गर्दै हार टारेको नेपाल दोस्रो खेलमा स्पष्ट जित निकाल्ने योजनामा छ ।

बिहीबार भएको खेलमा नेपाल र बङ्गलादेश १–१ गोलको बराबरीमा रोकिएका थिए । बङ्गलादेशले ६५औँ मिनेटमा सुरुवाती गोल गरेको थियो । बङ्गलादेशका लागि सविना खातुनले गोल गरेकी थिइन् । नेपालका लागि सावित्री भण्डारीले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीलाई हारबाट जोगाएकी थिइन् ।

नेपालले चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) को तयारीका लागि बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो । नेपालले यसअघि बङ्गलादेशसँग गत वर्ष काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको थियो । त्यतिवेला नेपाल बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो ।

 

थप समाचार :

भानुकप फुटबल : उद्घाटन खेलमा सेभेन स्टार विजयी

हेल्प नेपाललाई राष्ट्रिय भलिबल क्लब लिगको उपाधि

नेपालमा माउन्टेन स्पोर्ट गेम्स आयोजना हुने

नेपाल तेक्वान्दो संघको साधारणसभा सम्पन्न

प्रधानमन्त्री कप भलिबलको उपाधि पुलिसलाई

टेबलटेनिस खेलाडी सेलिशालाई आर्थिक सहयोग

टिप्पणी लेख्नुहोस्

Please Login to comment.