Article detail

टेबलटेनिस खेलाडी सेलिशालाई आर्थिक सहयोग

टेबलटेनिस खेलाडी सेलिशालाई आर्थिक सहयोग

काठमाडौंँ । अखिल नेपाल टेबलटेनिस संघले क्यान्सरको उपचार गराइ रहेकी टेबलटेनिस खेलाडी सेलिशा खड्गीलाई शनिबार उपचार खर्च सहयोग स्वरुप प्रदान गरेको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले सेलिशाका पिता सुनीललाई ९ लाख ६० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।

टेबलटेनिस संघले सेलिशाको उपचार खर्च संकलन गर्न टेबलटेनिस प्रशिक्षक सन्ध्या शाक्यको संयोजकत्वमा आर्थिक सहयोग संकलन समिति गठन गरेको थियो । सेलिशाको उपचारमा सहयोग गर्न संघले राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगता आयोजना गर्नुका साथै विभिन्न महानुभाव र संघ संस्थासंग आग्रह पनि गरिएको थियो ।

सबैबाट संकलित ९ लाख ६० हजार रुपैयाँ उपचारका लागि हस्तान्तरण गरिएको टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । सेलिशाको भारतमा राजीव गान्धी अस्पतालमा उपचार भइरहेको छ ।

 

थप समाचार :

श्रृजनशीलका जुडो खेलाडी र आश्रितलाई सहयोग

नेपाल सम्मिलित एसियाडका लागि भारतीय क्रिकेट टोली घोषणा

भेन्ड्रोसोभा पहिलोपटक विम्वल्डनको फाइनलमा

एन्फाले यु–१६ राष्ट्रिय टोली निर्माणका लागि खुला छनौट गर्दै

उदयपुरमा झरी च्यालेन्ज कप फुटबल प्रतियोगिता सुरु

यू–१६ लिग फुटबल : उद्घाटन खेलमा पुलिस विजयी

Write A Comment

Please Login to comment.