राष्ट्रपति रनिङ शील्ड प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई नगद सहित सम्मान
सुनसरी । कोसी प्रदेश खेलकुद विकास बोर्डले काठमाण्डौमा सम्पन्न १३ औँ राष्ट्रपति रनिङ शील्ड प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी तथा प्रशिक्षकलाई नगद सहित सम्मान गरेको छ ।
गत वैशाखमा सम्पन्न १३ औँ राष्ट्रपति रनिङ शील्ड प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने कोसी प्रदेशका पदक विजेता खेलाडीलाई बोर्डले इटहरीमा आइतबार कार्यक्रम गरी नगद सहित सम्मान गरेको हो ।
बोर्डले स्वर्ण पदक प्राप्त गर्ने ७ जना, रजत प्राप्त गर्ने ४ र काश्य पदक जित्ने २८ जना गरी २९ जना खेलाडीलाई नगद सहित सम्मान गरेको हो ।
सम्मानित हुनेमा एथलेटिक्सको त्रिपल जम्पमा स्वर्ण पदक प्राप्त गरेका झापाका राजीव ढुङ्गाना, उसुमा मोरङका एलिस मरिक, तेक्वान्दोमा सुनसरीका सुसन थापा र करातेमा स्वर्ण पदक विजेता खेलाडीहरू खोटाङका दीपेश राई, सूर्यचन्द्र राई, धनकुटाका अङ्कित राई, र सुनसरीकी सृजना खुलाल रहेका छन् । स्वर्ण पदक खेलाडीलाई नगद १५ हजार, रजतलाई १० हजार र काश्य पदक खेलाडीलाई ५ हजार नगद सहित सम्मान गरिएको हो ।
थप समाचार :
विम्बल्डन टेनिसको उपाधि कार्लोस अल्कारोजलाई
बङ्गलादेशविरुद्ध मैत्रीपूर्ण सिरिज जितेर फुटबल टोली स्वदेश फर्कियो
एसीसी इमर्जिङ एसिया कप : भारतविरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्दै
भारतविरुद्ध नेपाल : भुर्तेल शुन्य रनमा आउट
इमर्जिङ टिम्स एसिया कप : नेपालको दोस्रो विकेट पतन
एसियन गेम्स क्रिकेटमा एसियाका शीर्ष चार टोलीले सोझै क्वाटरफाइनल खेल्ने

टिप्पणी लेख्नुहोस्