लेख विवरण

एसीसी इमर्जिङ एसिया कप : नेपाल टस हारेर बलिङ गर्दै

एसीसी इमर्जिङ एसिया कप : नेपाल टस हारेर बलिङ गर्दै

काठमाडौँ । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले बुधबार (आज) संयुक्त अरव इमिरेट्स (युएई) सँग खेल्दैछ । कोलम्बोको पी सारा ओभलमा नेपाल टस हारेर बलिङ गरिरहेको छ ।

समूहमा लगातार दुई हार खेपेको नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपालका लागि आजको खेल केवल प्रतिष्ठाको लडाईं हुनेछ ।

प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग चार विकेट र दोस्रो खेलमा भारत ‘ए’ सँग नौ विकेटले पराजित भएको थियो । दुवै खेलमा नेपालको ब्याटिङ कमजोर सावित भयो ।

यस समूहमा युएई पनि भारतसँग आठ र पाकिस्तानसँग एक सय ८४ रनले पराजित भएको थियो । युएईका लागि पनि नेपालसँगको खेल प्रतिष्ठाकै लडाईं हुनेछ । समूह ‘बी’ बाट भारत र पाकिस्तानले सेमिफाइनलमा स्थान बनाईसकेका छन् ।

यस्तै समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र ओमान रहेका छन् । एसियाका आठ टोली सहभागि प्रतियोगितामा सिनियर राष्ट्रिय टोली खेलाउने नेपाल एक्लो देश हो । अन्य देशले युवा खेलाडीलाई मौका दिएका छन् ।

समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने ब्यवस्था छ । फाइनल खेल जुलाई २३ तारिख हुनेछ । यस प्रतियोगिताको कुनै पनि खेललाई एक दिवसीय मान्यता रहेको छैन ।

नेपालले यस प्रतियोगितालाई एसिया कपको तयारीको रुपमा लिएको छ । एसिया कप आगामी अगष्ट–सेप्टेम्बरमा पाकिस्तान र श्रीलङ्कामै हुनेछ । एसिया कपमा नेपाल, भारत र पाकिस्तान एउटै समूह ‘ए’ मा छन् ।

समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछ । सुपर चारको शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

 

थप समाचार :

कुस्ती महासंघका अध्यक्षलाई यौन उत्पीडन मुद्दामा अन्तरिम जमानत

किरण थप एक वर्षका लागि पञ्जाव एफसीमा अनुबन्ध

पौडी टोलीको बिदाइ

युनिलिभरले राष्ट्रिय महिला फुटबल टोलीलाई २५ लाख प्रायोजन गर्यो

कराते खेलाडी यमबहादुरलाई स्वर्ण पदकले दिलाएको खुशी

ग्लोबल टी २० खेल्न सन्दीप क्यानडा प्रस्थान

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.