शीर्ष वरीयताका अल्कारेज विम्बल्डनको प्रि-क्वार्टरफाइनलमा
काठमाडौंँ । विश्व नम्बर १ कार्लोस अल्कारेज यस वर्षको तेस्रो ग्राण्डस्लाम विम्बल्डनको प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । अब उनले जेन्टलमेन सिंगल्स विधामा अलेक्जेन्डर ज्वेरेभ र माटियो बेरेटिनीबीचको विजेतासँग खेल्नेछन्। अल्कारेजले चिलीका निकोलस ज्यारीलाई ६-७, ६-७, ७-६, ७-५ ले हराए।
शनिबार भएको यस विधाका अन्य खेलमा छैटौं वरियतामा रहेका डेनमार्कका होल्गर रुन, डेनिल मेदभेदेव, चेक गणतन्त्रका जिरी लेहका र नोभाक जोकोभिच अर्को चरणमा प्रवेश गरेका छन् । योसँगै लेडिज सिंगल्सतर्फ युक्रेनकी एलिना स्विटोलिना र सबालिंकाले अर्को चरणमा प्रवेश गरेका छन् ।
२३ पटकका ग्रान्डस्लाम विजेता जोकोभिचले तेस्रो राउण्डमा तीन पटकका ग्रान्डस्लाम विजेता स्टेन वावरिन्कालाई ६-३, ६-१, ७-६ ले हराए। सर्बियाका स्टार जोकोभिचको वावरिन्काविरुद्ध २१–६ जित–हारको कीर्तिमान छ । अब उनले पोल्याण्डका हुबर्ट हार्केजसँग खेल्नेछ । पोल्याण्डका हार्कजिकले १४औँ वरियताका लोरेन्जो मुसेट्टीलाई ७-६, ६-४, ६-४ ले हराए।
जेन्टलम्यान वर्गका अन्य खेलमा डेनमार्कका रुनले स्पेनका एलेजान्ड्रो डेभिडोभिच फोकिनालाई ६-३, ४-६, ३-६, ६-४, ७-६ र एटिपीको ब्यानरमा खेलिरहेका मेदभेदेवले हंगेरीका मार्टोन फुक्सोभिसलाई ४-४ ले हराए। लेहेकाले अमेरिकाका टमी पललाई ६-२, ७-६, ६-७, ६-७, ६-२ को सेटमा पराजित गरिन् ।
२५औं वरियताकी अमेरिकी म्याडिसन कीजले दोस्रो चरणमा भिक्टोरिजा गोलुबिकलाई २-६, ७-५, ६-२ को सेटमा पराजित गरिन् । पाँचौं वरियताकी फ्रान्सकी क्यारोलिन गार्सियालाई ३२औं वरियताकी मारी बोउज्कोभासँग ७-६, ४-६, ७-५ ले हराइन्। ट्युनिसियाकी ओन्स जाबोरले ४५ मिनेटमा चीनकी बाई झाओजुआनलाई ६-१, ६-१ ले हराउँदै दोस्रो चरणमा प्रवेश गरिन्।
थप समाचार :
मनास्लु र आईएसलाई गोल्डेनगेट बास्केटबल उपाधि
हामी पनि विश्वकप खेल्न जाँदैनौ : खेलकुद मन्त्री एहसान मजारी
Write A Comment