यू–१६ लिग फुटबल : उद्घाटन खेलमा पुलिस विजयी
काठमाडौंँ । यू–१६ युथ लिग शुक्रबार (आज) देखि सुरु भएको छ । प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेको छ । पुलिसले मनाङ मस्र्याङ्दी क्लबमाथि २–१ को जित निकाल्दै विजयी शुरुवात गरेको हो ।
पुलिसको जितमा रन्जित लामा र राजु दर्जीले गोल गरे । मनाङका लागि दर्शन अधिकारीले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा सुरु भएको लिगको पाँचौं चरणसम्मको खेल तालिका यसअघि नै सार्वजनिक गरिएको छ ।
लिगमा पुलिस र मनाङसँगै खुमलटार युथ, सङ्कटा, त्रिभुवन आर्मी, फ्रेन्ड्स, चर्च ब्वाइज युनाइटेड, एनआरटी, एपिएफ र मच्छिन्द्र क्लब गरी १० टोलीकोे सहभागिता रहेको छ ।
लिगका खेलहरु एन्फा मुख्यालय, च्यासल रङ्गशाला र भक्तपुरको सल्लाघारी खेल मैदानमा हुनेछन् ।
थप समाचार :
एसियाली जुनियर टेटेमा पाँच खेलाडी सहभागी हुने
यश धुलको शतकमा भारतले युएईलाई हरायो
टेबलटेनिस खेलाडीलाई सम्मान तथा बिदाइ
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम नयाँ आर्थिक वर्षबाट अघि बढ्ने

टिप्पणी लेख्नुहोस्