उदयपुरको त्रियुगामा झरी च्यालेन्ज कप फुटबल प्रतियोगिता सुरु
उदयपुर । नयाँ बस्ती फुटबल क्लबको आयोजनामा उदयपुरमा ‘प्रथम सेभेन ए साईड झरी च्यालेन्ज फुटबल कप २०८०’ प्रतियोगिता सुरु भएको छ । त्रियुगा १० बोक्सेस्थित नयाँ बस्ती खेल मैदानमा सुरु भएको प्रतियोगिता आगामी साउन १४ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगितामा जलजले एफसी, सिसवारी एफसी, बुद्ध एफसी, मनकामना एफसी, एलेभेन स्टार, त्रियुगा स्पोर्ट्स, कटारी टाईगर, मोतीराजा एफसी, नयाँबस्ती एफसी, पञ्चकन्याँ एफसी, ब्रर्दश एफसी, न्यु स्टार एफसी, साउने एफसी, सी एफसी, सगरमाथा एफसी र गोल्ड एफसीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई नगद २५ हजार रूपैयाँ सहित सिल्ड र प्रमाणपत्र तथा दोस्रो स्थान स्थान हालिल गर्ने टोलीलाई नगद १५ हजार सहित सिल्ड र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका अध्यक्ष हेम राईले बताए ।
थप समाचार :
यू–१६ लिग फुटबल : उद्घाटन खेलमा पुलिस विजयी
एसियाली जुनियर टेटेमा पाँच खेलाडी सहभागी हुने
यश धुलको शतकमा भारतले युएईलाई हरायो
टेबलटेनिस खेलाडीलाई सम्मान तथा बिदाइ
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम नयाँ आर्थिक वर्षबाट अघि बढ्ने
साइक्लिङ च्यालेन्जमा विदेशीसहित ६०० को सहभागिता हुने

टिप्पणी लेख्नुहोस्