Article detail

राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ

राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ

काठमाडौंँ । नेपाल भलिबल संघले राष्ट्रिय टोलीको कप्तानमा मानबहादुर श्रेष्ठलाई चयन गरेको छ । सोमवार बसेको संघको कार्यसमिति बैठकले श्रेष्ठलाई नयाँ कप्तानको रुपमा चयन गरेको हो ।

यसअघि संघले आफ्नो जिम्मेवारी राम्रोसँग निर्वाह नगरेको र कर्तव्यबाट विमुख भएको भन्दै हरि हजुर थापालाई कप्तानबाट बर्खास्त गरेको थियो । सातौं पीएम कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबल दौरान दशरथ रंगशालास्थित कभर्ड हलमा गण्डकीविरुद्ध आर्मीबाट खेलेका उनले आफ्नो जिम्मेवारी र भूमिका राम्रोसँग निर्वाह गरेको आरोप छ । आफ्नो कप्तानीमा रहेका टिम आर्मीका खेलाडीले दर्शकलाई पिटेपछि उनलाई कप्तानबाट बर्खास्त गरिएको हो ।

सन् २०१५ देखि नेपालको राष्ट्रिय टिममा खेल्दै आएका नव कप्तान मानबहादुरले नेपालले खेलेको पाँच वटै सेन्ट्रल जोन भलिबल र काभा नेसन्स लिग खेलेका छन् ।

नेपालले २०१७ मा माल्दिभ्समा सेनट्रल जोनमा तेस्रो हुँदै कांस्य पदक जित्दा मानबहादुरले बेस्ट आउटसाइड सेकेण्ड अट्याकरको अवार्ड जितेका थिए ।

 

थप समाचार :

ब्राजिलका एन्जेलो गाब्रियल इंग्लिस फुटबल क्लब चेल्सीमा

इन्टर मियामीमा मेस्सीलाई भव्य स्वागत

पहिलो टेस्टको दोस्रो दिन पाकिस्तानले गर्यो पुनरागमन

नेपाल भारतसँग ९ विकेटले पराजित

भारतविरुद्ध रोहितले बनाए अर्धसतक

राष्ट्रपति रनिङ शील्ड प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई नगद सहित सम्मान

 

Write A Comment

Please Login to comment.