एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्ने
काठमाडौंँ । श्रीलंका र पाकिस्तानमा हुने एसिया कपको खेल तालिका सार्वजनिक भएको छ । अगस्ट ३० बाट सुरुहुने प्रतियोगिताको उद्घाटन खेल नेपाल र पाकिस्तानबीच हुनेछ। खेल पाकिस्तानको मुल्तानमा हुनेछ । प्रतियोगिताको फाइनल खेल सेप्टेम्बर १७ मा कोलम्बोको मैदानमा हुनेछ ।
प्रतियोगिता हाइब्रिड मोडलमा आयोजना हुनेछ । अर्थात् प्रतियोगिताको पहिलो चार खेल पाकिस्तानमा हुनेछ भने फाइनलसहित बाँकी ९ खेल श्रीलंकामा खेलाइनेछ । प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा ६ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । दुवै समूहका शीर्ष २–२ टोली सुपर–४ चरणमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको समूह ए मा नेपाल, भारत र पाकिस्तान तथा समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।
एसिया कपका सबै खेल डे–नाइट हुनेछन् । पाकिस्तान र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ।
एकदिवसीय एसिया कप यसअघि अगस्ट ३१ देखि सेप्टेम्बर १७ सम्म हुने तय भएपनि उद्घाटनको समय परिवर्तन गरिएको छ । अब उद्घाटन खेल ३० अगस्टमा मुल्तानमा हुनेछ ।
थप समाचार :
सदस्य–सचिव घिसिङद्वारा आर्चरी, बक्सिङ र रग्बीको तयारी निरीक्षण
सरकारले खेलकुदलाई प्राथमिकतामा राख्न नसक्दा समस्या : सदस्यसचिव वाग्ले
मनास्लु एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको च्याम्पियन
व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी सावित्रा भण्डारीको बिदाइ
युरोपेली फुटबल क्लबबाट खेल्न जान लागेकी भण्डारीलाई मन्त्री लिम्बूको बधाई
एसीसी इमर्जिङ एसिया कपमा नेपालको पहिलो जित, युएईलाई ३ विकेटले हरायो
Write A Comment