मनास्लु एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको च्याम्पियन
काठमाडौं । आयोजक मनास्लु वर्ल्ड कलेजले तेश्रो मनास्लु एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।
चुच्चेपाटीस्थित घरेलु कोर्टमा भएको फाइनलमा मनास्लुले युजेएलाई २१–१४ ले पराजित ग¥यो । मनास्लुका लागि पेम्बा बमजनले सर्वाधिक ११ स्कोर गरे । मनास्लुकै तुसार महर्जनले ६ तथा कोशिस भुजेलले ४ अंक जोडे । सेमिफाइनलमा मनास्लुले आईएसए नेपाल तथा युजेएले आदिम कलेजलाई हाउदै उपाधि भिडन्त पक्का गरेका थिए ।
उपाधिसंगै मनास्लुले १५ हजार नगद पुरस्कार हात पा¥यो भने युजेएले ७ हजार नगद पुरस्कार पायो । विजेता र उपविजेता टोलीका सदस्यले नगद पुरस्कारसहित छात्रवृत्ति पनि पाउने छन् । मनास्लुका तुसार महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । तुसारले पनि छात्रवृत्ति प्रदान गरिने छ ।
विजेतालाई मनास्लुका अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने लिग कम नकआउट प्रतियोगितामा १६ छात्र टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक सुनिल योञ्जनले जनाएका छन् ।
थप समाचार :
व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी सावित्रा भण्डारीको बिदाइ
युरोपेली फुटबल क्लबबाट खेल्न जान लागेकी भण्डारीलाई मन्त्री लिम्बूको बधाई
एसीसी इमर्जिङ एसिया कपमा नेपालको पहिलो जित, युएईलाई ३ विकेटले हरायो
एसीसी इमर्जिङ एसिया कप : अर्जुन शुन्य रनमा आउट
एसीसी इमर्जिङ एसिया कप : युएईले नेपाललाई दियो १ सय ५८ रनको लक्ष्य

टिप्पणी लेख्नुहोस्